arrow

कोरोनाबाट दक्षिण एसियामा कहाँ कति संक्रमित, नेपाल कुन स्थानमा ? 

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
SAARC-logo.jpeg

काठमाडौं । कोरोना भाइरसबाट विश्व नै आक्रान्त भइरहँदा यसको प्रभाव दक्षिण एसियामा पनि परेको छ । सबैभन्दा बढी प्रभावित भारत भएको छ । 

भारतमा २४ घन्टायता १५ सय ४१ जना संक्रमित भएका छन् । पछिल्लो चार दिन निरन्तर एक हजार भन्दा बढीलाई हरेक दिन संक्रमण भएको छ । 

भारतमा संक्रमितको संख्या २० हजार ८० पुगेको छ । मृतकको संख्या ६४५ पुगेको छ । २४ घण्टामा ५३ जना नयाँ मृतक थपिएका छन् । 

भारतमा ३ हजार ९७५ जनालाई निको भएको छ । भारतमा केस बन्द भएका घटनामा १४ प्रतिशतको ज्यान गएको हो । 

दोस्रो पीडित राष्ट्र पाकिस्तान हो । पाकिस्तानमा ९ हजार ५६५ जना संक्रमित भएका छन् । त्यहाँ विगत २४ घण्टामा ६७३ जना नयाँ संक्रमित थपिएका छन् । 

पाकिस्तानमा २०१ जनाको ज्यान गएको छ । नयाँ मृतक २५ जना हुन् । २ हजार ७३ जनालाई उपचारपछि निको भएको छ । 

बंगलादेशमा ३ हजार ३८२ जना संक्रमित रहेका छन् । ४३४ जना नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या ११० पुगेको छ । नयाँ मृतक ९ जना हुन् । संक्रमितको तुलनामा निको भने कमैलाई मात्र भएको छ । बंगलादेशमा ८७ जनामात्र उपचारपछि निको भएका छन् । 

अफगानिस्तानमा १ हजार ९२ जना संक्रमित भएका छन् । ६६ जना संक्रमित नयाँ थपिएका हुन् । ३६ जनाको ज्यान गएको छ । १५० को मात्र निको भएको छ । 

श्रीलंकामा ३१० जना संक्रमित भएका छन् । ६ जना नयाँ संक्रमित थपिएका छन् । ७ जनाको ज्यान गएको छ । १०२ जनालाई निको भइसकेको छ । 

माल्दिभ्समा ८३ जनालाई संक्रमण भएको छ । १४ जना नयाँ थपिएका छन् । १६ जनालाई निको भइसकेको छ । 

त्यसपछि नेपाल नै पर्दछ । अहिलेसम्म नेपालमा ४२  जनामा संक्रमण भएको छ । ११ जना संक्रमित थपिएका छन् । ४ जनालाई निको भइसकेको छ । 

भुटानमा मात्र ६ जना संक्रमित रहेका छन् । २४ घण्टामा १ जना संक्रमित थपिएका छन् । २ जनालाई निको भइसकेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ