arrow

वडा अध्यक्षले रोके चामलको ट्रक, खच्चडले बोक्नु पर्ने माग

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ वैशाख १० बुधबार
Rice-nepal-food-corporation.jpg

हुम्ला। नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानमा स्थलमार्गबाट हुम्लाको देउली बितरण केन्द्र र सर्केगाड डिपोका लागि आएको खाद्यान्न छाँयानाथ रारा नगरपालिका वडा नं १४ को बाम गाउँमा एक हप्तादेखि रोकिएको चामल आजबाट ढुवानी शुरु भएको छ ।

मुगुको गमगडी हुँदै हुम्ला आउने चामल छायाँनाथ रारा नगरपालिका–१४ का वडा अध्यक्षले हुम्ला आउन नदिएर रोकेपछि हुम्लाको तल्लो भेग क्षेत्रका बासिन्दाहरु खान पाउने हकबाट बन्चित भएका थिए । वैशाख ४ गते खाद्यान्न लिएर हुम्लाका लागि आएका ३ वटा ट्रक छायाँनाथ रारा नगरपालिका–१४ का वडा अध्यक्ष नन्दलाल बढुवालको निर्देशनमा छायाँनाथ रारा नगरपालिका–१४ को बाम गाउँमा रोकिएको थियो ।

चामल बाम गाउबासिका खच्चडले बोक्न पाउनु पर्ने भन्दै ट्रकलाई रोकेको मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताएका छन् ।

यो बन्दाबन्दीको अबस्थामा मुगुको गमगडीबाट समेत स्थानीय प्रशासनले कुनै रोकटोक नगरेको भए पनि वडा अध्यक्षले खाद्यान्न रोकेपछि यसलाई सुचारु गर्न धेरै प्रयास गर्दा पनि केही उपाय नलागेपछि  प्रहरी  लगाएर रोकिएको चामल ढुवानी गराउन खोज्दा पनि पुरै बाम गाउबासी आएर प्रहरीमाथि ढुङ्गामुडा गरेपछि स्थितीलाई नियन्त्रणमा लिन हवाई फाएर समेत गर्नु परेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए ।

प्रहरीले ढुवानी सुचारु गर्न नसकेको अबस्थामा छायाँनाथ रारा नगरपालिका र स्थानिय प्रशासनको समन्वय र सहमतीमा ढुवानी सुचारु भएपछि आजबाट हुम्लाको लागि चामल ढुवानी सुचारु भएको हो  । बाममा अबरुद्ध भएको ढुवानी कार्य सुचारु भएपछि मेगलबार साँझ ५ बजे चामल लोड गरेका ४ ट्रक मुगुको गमगडिबाट हुम्लाको लागि हिडेको मुगुका प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।



लोकप्रिय समाचार
नयाँ