जिहादी बनाउन छोरालाई लगेपछि आमाको बिलौना, रुँदै आइन मिडियामा
प्रकाशित २०७७ वैशाख १० बुधबार
556
Shares
काठमाडौं। आफूले जन्माई हुर्काई गरेको छोरालाई मर्ने बाँच्ने ठेगान नभएको जिहादी बनाउन लगेपछि आमाको मन कस्तो हुन्छ भन्ने एउटा कारुणिक भिडियो अहिले भाइरल भइरहेको छ।
एक आतङ्कवादी समूहले आफ्नो छोरालाई जिहादी बनाउन लगेपछि पिडित आमाले छोरा फर्काइदिन आग्रह गरेको भिडियो अहिले सामाजिक संजालमा आएको छ। भिडियोमा ति आमाले आतंकवादी समूहसँग गएको छोरालाई फिर्ता पठाउन आग्रह गरेकी छिन्। सो भिडियो मिडिया हुँदै अहिले भाइरल भइरहेको छ।
अपहरणको शैलीमा युवक लगिएपछि उनकी आमाले छोरोलाई फिर्ता पठाइदिन निकै अनुनय विनय गरेको भिडियोमा देखिन्छ। उनले ऊ बाहेक आफ्नो कोही नभएको भन्दै रोइकराई गरेकी छिन्। यदि कसैले छोराको बारेमा जानकारी भए बताइदिन पनि आग्रह गरेकी छिन्। परिवारका सबैले छोराको प्रतिक्षा गर्दै पीडामा बसिरहेको समेत आमाले बताएकी छिन्। यदि कसैले अपहरण गरी राखेको भए छोरालाई फिर्ता गरिदिन पनि उनले आग्रह गरेकी छिन। जिहादी बन्न गएका छोरालाई समेत फिर्ता आउन उनले आग्रह गरेकी छिन्।