arrow

भारतमा कोरोनाको संक्रमण बढदै, संक्रमित २० हजार नजिक

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
corona-test-kit.jpg

नयाँ दिल्ली। गएको २४ घन्टायता भारतमा एक हजार ३८३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बुधबार बिहान जनाइएको छ । 

बुधबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १९ हजार ९८४ जना पुगेको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ५० जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ६४० पुगेको छ ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये ३ हजार ८६९ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १५ हजार ४७४ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मङ्गलबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ । 

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ५ हजार २१८ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २५१ जनाको निधन भएको छ । 

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार कोरोना संक्रमण दोस्रो स्थानमा  भारतको  गुजरात राज्य रहेको छ । 

गुजरात २ हजार १७८ जनामा कोविड–१९ संक्रमण देखिएको छ । त्यसैगरी भारतको दिल्ली कोरोना संक्रमणको तेस्रो स्थानमा रहेको  र यहाँ २ हजार १५६ जनामा संक्रमण देखिएको छ । 

भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ । 

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ