arrow

युरोपमा कोविड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो

logo
एएफपी,
प्रकाशित २०७७ वैशाख १० बुधबार
corona-europen-union-mask.jpg

पेरिस। कोविड –१९ को संक्रमणको कारण युरोपभरीमा ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको एएफपी समाचार समितिले बुधबार जानकारी दिएको छ। नेपाली समयानुसार बुधबार अपराह्न ३ बजे प्राप्त भएको समाचारअनुसार युरोपभरी कोरोना भाइरस सक्रमितको संख्या १२ लाख ४६ हजार ८४० रहेको छ।  यसमा १ लाख १० हजार १९२ जनाको ज्यान गएको बताइएको छ ।  युरोप कोरोना भाइरसको संक्रमणको कारण अत्यन्त प्रभावित महादेशमा पर्दछ।

कोरोना भाइरसको संक्रमणको कारण  इटालीमा २४ हजार ६४८, स्पेनमा २१ हजार ७१७,  फ्रान्समा २० हजार ७९६ र बेलायात १७ हजार ३३ जनाले ज्यान गुमाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ