arrow

अमेरिकामा कोरोनाको असर उस्तै, एकैदिन ३० हजार भन्दा बढी संक्रमित

logo
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
corona-usa-doc.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको असर अझै रोकिएको छैन । बुधबार पनि एकै दिन ३० हजार भन्दा बढी संक्रमित भएका छन् । 

योसंगै संक्रमितको संख्या अमेरिकामा मात्रै ८ लाख ४९ हजारको हाराहारीमा रहेको छ । त्यस्तै मृतकको संख्या ४७ हजार ६५९ पुगिसकेको छ । बुधबार २ हजार ३४१ जनाको ज्यान गएको छ । 

जम्मा ८४ हजारलाई मात्र निको भएको छ । यो दर निकै कम हो । केस बन्द भएकामध्ये ३६ प्रतिशतको ज्यान गएको छ । 

न्यूयोर्कमा सबैभन्दा बढी असर पुगेको छ । न्यूयोर्कमा २ लाख ६२ हजार २६८ जना संक्रमित भएका छन् । मृतकको संख्या २० हजार ३५४ पुगेको छ । एकै दिन ६६१ जनाको ज्यान गएको छ । 

न्यूजर्सीमा ९६ हजारको हाराहारीमा संक्रमित हुँदा ५ हजारभन्दा बढीको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ