arrow

कोरोनासंग जुध्न अमेरिकी संसदले ४८४ अर्ब डलरको राहत प्याकेज अनुमोदन गर्यो

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार

काठमाडौं । कोरोना भाइरसको संक्रमणमा जेलिएको अमेरिकी संसद्‌ले ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज सम्बन्धी विधेयक अनुमोदन गरेको छ।

संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे कानुनमा चाँडै हस्ताक्षर गर्ने बताएका छन् । 

योसँगै सङ्घीय सरकारले कोरोना भाइरसको विश्वव्यापी महामारीले प्रभाव पारेका साना व्यवसायका साथै कोरोनाको सङ्क्रमणका कारण बिरामी परेकाहरूको सङ्ख्या उच्च रहेका अस्पतालहरूलाई राहत स्वरूप थप ऋण उपलब्ध गराउने छ।

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या झनै उर्लिएको छ । विगत २४ घण्टाको अवधिमा ३१ हजार ४१९ नयाँ संक्रमित थपिएका छन् । 

योसंगै संक्रमितको संख्या ८ लाख ८० हजार १३६ पुगेको छ । त्यस्तै मृतकको संख्या ४९ हजार ८४२ पुगेको छ । नयाँ मृतक २ हजार ३२२ पुगेको छ । 

८५ हजार ९२२ जना मात्र उपचारपछि निको भएका छन् । सबैभन्दा बढी प्रभावित न्यूर्योक रहेको छ । त्यहाँ २ लाख ६८ हजार ५८१ जना संक्रमित भएका छन् । मृतक २० हजार ८६१ पुगेका छन् । 

दोस्रो प्रभावित न्यूजर्सीमा १ लाख २५ जना संक्रमित भएका छन् । मृतक ५ हजार ४२८ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ