arrow

पहिलो पटक कोरोना भाइरसविरुद्धको खोपको परीक्षण मानिसमा 

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
corona-injection-first-tria.jpg

काठमाडौं । पहिलो पटक कोरोना भाइरसविरुद्धको खोपको परीक्षण मानिसमा थालिएको छ । उक्त कोरोना विरुद्धको सम्भावित खोपको परीक्षण बेलायतबाट थालिएको हो । 

बेलायतको अक्सफोर्ड युनिभर्सिटीले पहिलो पटक सम्भावित खोपको परीक्षण सुरु भएको जनाएको हो ।

खोपको परीक्षणका लागि दुई जनालाई खोपको मात्रा प्रदान गरिएको बीबीसीले लेखेको छ । परीक्षणका लागि ८०० भन्दा बढी मानिसले आफ्नो नाम लेखाए पनि दुई जनामा गरिएको हो । 

त्यसमध्ये आधालाई कोरोना भाइरस विरुद्धको खोप दिइने छ र आधालाई कोरोनाको नभई मेनेन्जाइटिस विरुद्धको खोप दिइनेछ । यदि यो नियन्त्रणमा आए कोरोनालाई नियन्त्रण गर्ने बुझिने छ । 

तर खोप लगाउने व्यक्तिलाई भने आफूलाई कुन खोप दिइएको छ भन्ने थाहा हुने छैन । बीबीसीले डाक्टरलाई मात्रै यसबारे जानकारी हुने बताएको छ ।

दुई जना मध्येकी एक एलिसा ग्रानाटोले आफू पनि एक वैज्ञानिक भएकाले वैज्ञानिक कार्यलाई सहयोग गर्ने उद्देश्यले खोप लगाउने निर्णय गरेको बताएकी छिन् ।

अक्सफोर्ड युनिभर्सिटीकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले तीन महिनाभित्रै निर्माण गरेको खोप मानवीय परीक्षणमा गएको हो ।

बेलायतमा कोरोना संक्रमितको संख्या १ लाख ३८ हजार ७८ तथा मृतकको संख्या १८ हजार ७३८ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ