arrow

विश्वभर २८ लाख २६ हजार बढी कोरोना संक्रमित, एक लाख ९१ हजार मृतक

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
corona-uk.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमित को संख्या २८ लाख २६ हजार भन्दा बढी पुगेको छ । मृतकको संख्या १ लाख ९१ हजार भन्दा बढी पुगेको छ । 

सबैभन्दा बढी संक्रमित अमेरिकामा संक्रमितको संख्या ८ लाख ८६ हजार भन्दा बढी रहेको छ । मृतक ५० हजार भन्दा बढी भएका छन् । 

स्पेनमा २ लाख १३ हजार संक्रमित हुँदा मृतक २२ हजार १५७ पुगेका छन् । इटालीमा २५ हजार ५४९ जनाको ज्यान जाँदा १ लाख ९० हजार संक्रमित भएका छन् । 

फ्रान्समा १ लाख ५८ हजार १८३ जना संक्रमित भएका छन् । २१ हजार ८५६ जनाको ज्यान गएको छ । जर्मनीमा १ लाख ५३ हजार १२९ जना संक्रमित भएका छन् । ५ हजार ५७५ जनाको ज्यान गएको छ । 

बेलायतमा १ लाख ३८ हजार ७८ जना संक्रमित हुँदा १८ हजार ७३८ जनाको ज्यान गएको छ । 

कोरोनाको उद्गम देश चीनमा ८२ हजार ८०४ जना संक्रमित भएका हुन् भने ४ हजार ६३२ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ