- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा। रुखबाट लडेर मेरुदण्ड भाच्चिएकि एक महिलाको थप उपचारका लागि हेलीकोप्टरवाट उद्धार गरी काठमाण्डौं पठाइएको छ । बडीमालिका नगरपालिका ८ बस्ने ३५ बर्षिया ढाड भांचेकी धनमति रावललाई सनिवार आज बिहान नेपाली सेनाको एन ए ० ५५ नंको हेलिकप्टरले उद्धार गरी सुर्खेत हुँर्द काठमाण्डौं पुर्याएको नेपाली सेना समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले जानकारी दिएका छन्। मार्तडीबाट सुर्खेत हेलिकप्टरमा र सुर्खेतवाट प्लेन चर्टर गरी काठमाण्डौं पठाइएको हो ।
उपचारका लागि जिल्ला अस्पताल बाजुरामा भर्ना भएकी धनमति रावललाई काठमाडौ रिफर गरेको भएपनि आर्थिक समस्याले अस्पतालको बेडमा छट्पटाएकी थिइन् । उनका श्रीमान शेर बहादुर रावल , वडाअध्यक्ष प्रकास रावल , पत्रकारमहांसँघ बाजुराका अध्यक्ष प्रकाश शिंह लगायतका सथानीयले सम्बद्ध निकायमा अनुरोध गरेका थिए । बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको पहलमा गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलीकप्टर प्रयोग गरेको हो । घाइते रावलको काठमाण्डौं स्थित ट्रमासेन्टरमा उपचारका लागि जिल्ला अस्पताल बाजुराले रिफर गरेको छ । जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माका अनुसार ति महिलाको मेरुदण्ड भाच्चिएकोले अस्पतालमा उपचार हुन नसक्ने बताएका छन् । उनलाई थप उपचारका लागि काठमाडौ लग्नु पर्ने बिकले वताएका थिए ।
धनमति परिवारको आर्थिक अबस्था निकै कमजोर भएकाले उपचार गर्नमा समस्या भएको हुनाले राज्यको सहयोगको अपेक्षा गरेको बताइएको छ । अस्पतालले रिफर गर्यो तर उपचारका लागि काठमाण्डु पठाउनु पर्ने भएकोले प्रमुख जिल्ला अधिकारी नयौपानेको समन्वयमा घाइतेको थप उद्धार भएको वडा अध्यक्ष प्रकाश रावलले बताउनुभएको छ । आफुले उचार सहयोगस्वरुप ५ हजार रुपै)या र छिमेकीवाट सय-पचास चन्दा संकलन गरेर आर्थिक सहयोग जुटाएर काठमाण्डौं पठाएको वडा अध्यक्ष रावलले बताए।
यद्येपी काठमाण्डौंमा पुर्याएपनि त्यहाँ उपचार गर्न उनिहरुको आर्थिक अभाव भएको वताएका छन् । धनमतिका श्रीमान शेर बहादुर रावलले भने मेरुदण्ड भाच्चिएर हलचल गर्न नसक्ने अबस्थामा चिकित्सले काठमाडौ उपचार गर्न भनेको छ, तर आर्थिक अबस्था निकै कमजोर रहेको उनले वताएका छन् ।
एकहप्ता अगाडी पनि एक वालक लडेर घाइते हुदा उनलाई पनि हेलीकप्टरबाट उद्धार गरी नेपालगञ्ज पठाइएको थियो । बिडम्बना !उनको ज्यान बचाउन सकिएन। बाजुरामा पछिल्लो समयमा सुत्केरी , रुख तथा भीरपाखाबाट लडेका महिला तथा वालवालिकको उद्धार हेलीकप्टरवाट गरिदै आएको छ। यद्येपी जिल्लामा अर्थोपेडिक र आकस्मकि प्रसुती सेवा (सियस) केश हेर्ने डाक्टर भए हेलिकोप्टर चार्टर गर्नु नपर्ने स्वास्थ्यकर्मीको भनाइछ । विगत वर्ष निक्साइमन्ड ईन्स्च्युटको सहयोगमा बाजुरा पठाइएका एमडिजिपी डाकटर दुर्गा महर्जन फर्किएपछि बाजुरामा सियस केस र हाडजोर्नीको सल्यक्रिया हुदैनन् । तसर्थ विरामीलाई जिल्ला वाहिर पठाउनुको विकल्प नभएको स्थानीयको गुनासो छ ।