arrow

 बोल्सोनारोले प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि कानुन मन्त्रीद्धारा राजीनामा

logo
एएनआई,
प्रकाशित २०७७ वैशाख १३ शनिबार
jair-bolsonaro-brazil-president.jpg

ब्राजिल। ब्रजिलका कानुन मन्त्री सेर्गियो मोरोले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति जैर बोल्सोनारोले केन्द्रिय प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि त्यसप्रति असन्तुष्टि जनाउदै कानुन मन्त्रीले राजीनामा दिएका हुन्। कानुन मन्त्री मोरो पुर्व केन्द्रीय न्यायाधिश पनि हुन्। उनी भ्रष्टाचार विरोधी प्रभावशाली व्यक्तिका रुपमा पनि परिचित छन्।

राष्ट्रपति बोल्सोनारोले राजनीतिक निरंकुशता बढाउदै लगेको र प्रहरी प्रमुखलाई बर्खास्त गरेको भन्दै उनले असन्तुष्टि जनाएको बताइएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेका बेला ब्रजिलमा राजनीतिक सङ्कट पनि बढ्ने देखिएको छ।

राष्ट्रपति बोल्सोनारोले यसअघि गत हप्ता तत्कालिन स्वास्थ्य मन्त्री लुइज हेनरिक मन्डेट्टालाई पनि बर्खास्त गरेका थिए। कोनोरा भाइरसको संक्रमण नियन्त्रणका लागि अपनाउने उपायका बारेमा आफ्नोभन्दा फरक मत राखेको भन्दै राष्ट्रपति बोल्सोनारोले तत्कालिन स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ