arrow

रुदै अदा गरे रमजानको पहिलो ‘नमाज-ए-तरावीह,’अल्लाहसँग मागे आफनो गुनाहको माफी

logo
अरशद शेष राई,
प्रकाशित २०७७ वैशाख १३ शनिबार
saudi-makka-madina.jpg

साउदी अरेबिया। साउदी अरेबियामा कोरोना भाइरसको महामारीलाई रोक्न तथा थप फैलिन नदिनका लागि साउदी सरकारले बिगत लामो समयदेखि बन्द गरेको धार्मिक स्थलहरु मध्ये २ तिर्थ स्थल मक्का मदिनामा रहेको मस्जिद ए नब्वी र मस्जिद ए हराममा बिहीबार राती नमाज ए तराबीको पाठ गरिएको छ ।

साउदी अरेबियामा मुस्लिमहरुको महान महिना रमजान पर्बको चन्द्रमा बिहीबार राती देखिएपछि साउदी अरेबियाको २ तिर्थस्थल साउदी अरेबियाको मक्का शहरमा रहेको मस्जिद ए हराम खाने कांबा र मदिनामा शहरमा रहेको मस्जि ए नब्वीमा बिहीबार राती नमाज ए तराबीको पाठ गरिएको हो ।

इस्लाम धर्मवालम्बीहरुको पाक महिना रमजान शरीफ बिहीबारदेखि शुरु भएपछि  रमजानको पहिलो दिन नमाज ए तराबीमा सबै नमाजीहरु रुदैं नमाज ए तराबी पढेका थिए। नमाजीहरुले अल्लाहसंग आफ्नो मग्फिरतको लागि प्राथनाका साथ  बिश्वभर फैलिएको कोरोना महामारीलाई हामी सबैबाट टाढा राख्न मद्धत मागेका थिए। नमाजीहरुले विगतका गल्तीप्रति माफ गर्न, इबादत कबुल गर्न दुआ प्राथना गरेका थिए ।

साउदी अरेबियामा रमजानको महिनामा लाखौं-लाख मानिसहरुले भरीभराउ हुने मस्जिद ए हराम र मस्जिद ए नब्वी यसपाली कोरोना भाइरसको महामारीको कारण  सुनसान देखिएको छ। रमजान शरीफको पहिलो दिन मक्का शरीफ मस्जिद ए हराममा पढिएको नमाज ए तराबीमा नमाजीहरुको संख्या कम भएकाले मस्जिद ए हराम खांने कांबा खाली देखिएको थियो ।

बिश्वको २ सय देशमा फैलिएको कोरोना भाइरसलाई रोक्न तथा थप फैलिन नदिनका लागि साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीजले बिगत महिनौ पहिले देखि नै सबै धार्मिक स्थल मस्जिदहरुमा नमाज पढ्नमा रोक लगाइ सबै जनालाई आ-आफ्नो घरमा नमाज पढ्न अनुरोध गरेका थिए । तर रमजान महिना शुरु हुनु केही दिन अगाडि नै साउदी राजा सलमान बिन अब्दुल अजीजले साउदी अरेबियाको २ तिर्थ स्थल मक्का मदिनामा रहेको मस्जिद ए नब्वी र मस्जिद ए हराममा नमाज ए तराबी पढ्न अनुमति दिएका थिए ।

साउदी अरेबिया तथा खाडी अरब देशहरुमा बिहीबार चन्द्रमा देखिएपछि शुक्रबार  देखि रमजानको रोजा अर्थात् व्रत सुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ