arrow

कोरोना संक्रमण बल्झिने डरमा चीन

logo
प्रकाशित २०७७ वैशाख १३ शनिबार
china-corona-vaccine.jpg

एजेन्सी। चीनको उत्तरी शहरहरुमा कोरोना संक्रमणका नयाँ बिरामीहरु फेला परेका छन्। चीनले उक्त शहरहरुमा आउन-जान प्रतिबन्ध लगाएको चिनियाँ संचार माध्यमहरुले जनाएका छन्।

नयाँ संक्रमणहरु विशेष गरेर रुस र अमेरिकाबाट फर्किएकाहरुमा देखिएको बताईएको छ। चीनले आफुलाई कोरोना मुक्त भएको घोषणा गरेपछि नयाँ संक्रमितहरु देखिनु चिन्ताको बिषय भएको छ।

चीनले उत्तरपुर्वी प्रान्तको शहर हार्विनमा जान-आदन प्रतिबन्ध लगाएको छ। करिब १ करोड मानिसहरु बसोबास गर्ने उक्त शहर लगायत उक्त प्रान्तका अरु शहरहरुमा पनि हिडडुलमा प्रतिबन्ध लगाएको छ। ति शहरहरुमा अनावश्यक हिडडुल नगर्न पनि आव्हान गरिएको चिनिया अधिकारीहरुले जनाएका छन्।

दर्जन बढि संख्यामा कोरोना संक्रमितहरु भेटिएको चिनिया सरकारी मिडियाहरुले जनाएका छन्। अमेरिका र रुसबाट आएकाहरुमा संक्रमण देखिएको बताईए पनि संक्रमण पुर्न रुपमा नियन्त्रणमा रहेको वा नरहेको बारे केहि भनिएको छैन।

उक्त शहरहरुमा उहानमा लगाएको जस्तो कडा प्रतिबन्ध नलगाए पनि नागरिकहरुलाई सचेत गराईसकिएको छ। कोरोना भाइरसको उदगम स्थल उहान रहेको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना बिरुद्धको उपचार वा भयाक्सिन पत्ता नलागेसम्म विश्वमा कतै पनि कोरोना बिरुद्धको लडाई जितियो र स्थिती पहिलेको अवस्थामा फर्केको भन्न सकिन्न। यस अवस्थामा आर्थिक गतिविधी कोरोना भाइरस आउनु अघिको अवस्थामा फर्किन सक्दैन।

चीनमा दोस्रो चरणमा देखिएको कोरोना संक्रमण खतरनाक हुनसक्नेछ। चीनका शहरहरुमा मानिसहरुले साधारण जिवन बिताउन शुरु गरिसकेको अवस्था छ। सार्वजनिक यातायात, रेष्ट्राँहरु भरिभराउ हुने गरेका छन्। यस अवस्थामा उक्त शहरहरुमा फेरि संक्रमण देखिए मास्क मत्रले रोकथाम हुनसक्दैन।

संक्रमण देखिएको शहरका नजिकका शहरहरुले बाहिरी शहरको आवत-जावत बनद गरेका छन्। आफ्ना नागरिकहरुलाई संक्रमण रहेको ठाउँहरुमा नजान सचेत गरेका छन्। शहरभित्र भने कडा रुपमा नियम पालना गरिएको छैन। मानिसहरु हिडडुल गर्न स्वतन्त्र छन्।

मंगोलियाको एक होटलले हेलोंगजियांग प्रान्तबाट कुनै पनि पाहुना नलिने आफ्नो वेबसाईटमा लकेको छ। हारविन हेलोंगजियांग प्रान्तको राजधानी हो।

हारविनमा एक महिलाबाट संक्रमण शुरु भएको बताईएको छ। उनी अमेरिकाबाट मध्य मार्चमा आएकी  थिईन्। चार पटकसम्म उनको परिक्षण गर्दा कोरोना नेगेटिव देखाएको थियो। पछि उनको छिमेकीलाई संक्रमण भएको थियो। पछि ७८ जनालाई संक्रमण भएको पुष्टि भएको अधिकारीहरुले बताएका छन्।

चिनयाँ मिडिया अनुसार हारविनको दुई अस्पतालबाट संकरमणहरु फैलिएको जनाएको छ। उक्त अस्पतालहरुमा सुरक्षितरुपमा बिरामीहरुलाई नराखिएको हुनाले संक्रमण फैलिएको अनुमान गरिएको छ। स्वास्थ्यकर्मीहरु, बिरामीहरु लगायत अरु अस्पताल सम्भन्धित मानिसहरुमा संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ। अस्पताललाई पुर्ण रुपमा निर्मलिकृत गरिनुका साथै नयाँ नियम पनि लगाईएको छ।

हारविनमा संक्रमित महिलाको बारम्बार परिक्षण गर्दा पनि संक्रमण नभेटिनु चिन्ताजनक रहेको चिनयाँ अधिकारीहरुले बताएका छन्। हारविनको अस्पतालमा करिव २ हजार जनाको जाँच गरिसकिएको छ जसमा ४०० लाई कडा क्वारेन्टिनमा राखिएको छ। त्यसैगरि अर्को एक अस्पतालमा ४ हजारको परिक्षण गरिने तयारी गरिएको छ। पहिलो चरणमा परिक्षण पछि दोस्रो चरणको परिक्षणको पनि तयारी शुरु भैसकेको बताईएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ