arrow

कोरोनाले २ लाख ३ हजार बढीको ज्यान गयो, अमेरिकामा ५४ हजार नाघ्यो

logo
प्रकाशित २०७७ वैशाख १४ आइतबार
corona5.jpg

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनको संख्या २ लाख ३ हजार नाघेको छ । आइतबार बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनको संख्या २ लाख ३ हजार १६६ पुगेको छ । 

सबैभन्दा धेरै अमेरिकामा ५४ हजार २५६ जनाको ज्यान गएको छ । यस्तै इटालीमा २६ हजार ३८४, फ्रान्समा २२ हजार ६१४, स्पेनमा २२ हजार ९०२, बेलायतमा २० हजार ३१९, बेल्जियममा ६ हजार ९१७, जर्मनीमा ५ हजार ८७७ को र चीनमा ४हजार ६३२ को मृत्यु भइसकेको छ । 

संक्रमितको संख्या
विश्वभर २९ लाख २० हजारलाई कोरोना लागेको छ । सबैभन्दा बढी अमेरिकामा ९ लाख ६० हजार ६५१ पुगेके छ ।

स्पेनमा २ लाख २३ हजार ७५९, इटालीमा १ लाख ९५ हजार ३५१, फ्रान्समा १ लाख ६१ हजार ४८८, जर्मनीमा १ लाख ५६ हजार ५१३, बेलायतमा १ लाख ४८ हजार ३७७, टर्कीमा १ लाख ७ हजार ७७३ जना संक्रमित भएका छन् । 

उपचारपछि निको 
अहिलेसम्म ८ लाख ३६ हजार ६६० जनाको उपचार पछि निको भएको छ । तर निको भएपछि पनि पुनः संक्रमित भएका घटना पनि छन् । निको हुनेमा अमेरिकामा १ लाख १८ हजार १६२ छन् । 

स्पेनमा ९५ हजार ७०८, इटालीमा ६३ हजार १२०, फ्रान्समा ४४ हजार ५९४ जना रहेका छन् भने जर्मनीमा निको हुनेको राम्रो रेट रहेको छ । १ लाख ९ हजार ८०० जनालाई निको भएको छ । 

कोरोना नियन्त्रणमा आइसकेको बताइएको उद्गम स्थल चीनमा ७७ हजार ३९४ जनालाई निको भएको छ । 

त्यहाँ जम्मा ८२ हजार ८२७ लाई कोरोना भएको थियो । अब मात्र ८०१ मा मात्र अहिले संक्रमण छ । त्यसमध्ये ५१ जनामात्र गम्भीर छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ