arrow

कोरोनाबाट अमेरिकामा ५५ हजार बढीको मृत्यु, यस्तो छ विश्वभरको तथ्याङ्क

उद्गम देश चीनमा पनि थपिए संक्रमित र मृतक

logo
प्रकाशित २०७७ वैशाख १५ सोमबार
corona5.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभरमै संक्रमितको संख्या ३० लाख नजिक पुगेको छ । त्यसैगरी मृतक २ लाख ७ हजार पुगेका छन् । कोरोनाबाट निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८ लाख ७९ हजार पुगेको छ । 

सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा ९ लाख ८७ हजार १६० जना संक्रमित रहेका छन् । त्यहाँ ५५ हजार ४१३ जनाको ज्यान गएको छ । त्यहाँ १ लाख १८ हजार ७८१ जना उपचारपछि डिस्चार्ज भएका छन् । 

स्पेनमा २ लाख २६ हजार ६२९ जना संक्रमित हुँदा २३ हजार १९० को ज्यान गएको छ । इटालीमा १ लाख ९७ हजार ६७५ जना संक्रमित हुँदा २६ हजार ६४४ जनाको ज्यान गएको छ । स्पेन र इटालीमा मृतक घटेपछि लकडाउन खुकुलो बनाउन थालिएको छ । 

फ्रान्समा १ लाख ६२ हजार १०० जना संक्रमित हुँदा २२ हजार ८५६ जनाको ज्यान गएको छ । जर्मनीमा १ लाख ५७ हजार ७७० जना संक्रमित हुँदा ५ हजार ९७६ जनाको ज्यान गएको छ । 

बेलायतमा १ लाख ५२ हजार ८४० जना संक्रमित हुँदा २० हजार ७३२ जनाको ज्यान गएको छ । टर्कीमा १ लाख १० हजार १३० संक्रमित हुँदा २ हजार ८०५ को ज्यान गएको छ । 

इरानमा ९० हजार ४८१ जना संक्रमित हुँदा ५ हजार ७१० जनाको ज्यान गएको छ । उद्गम देश चीनमा पनि ३ संक्रमित थपिएर ८२ हजार ८३० जना हुँदा मृतक १ बढेर ४ हजार ६३३ पुगेको छ । 

रुसमा ८० हजार ९४९ संक्रमित हुँदा ७४७ जनाको ज्यान गएको छ । ब्राजिलमा ४ हजार २७१ को ज्यान जाँदा क्यानाडामा ४६ हजार ८५९ जना संक्रमित भएका छन् भने २ हजार ५६० को ज्यान गएको छ । 

बेल्जियममा ४६ हजार १३४ जना संक्रमित हुँदा ७ हजार ९४ को ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ