arrow

कोरोना संक्रमणको संख्यामा भारत विश्वमै १६ औं स्थानमा, यस्तो छ अवस्था 

logo
प्रकाशित २०७७ वैशाख १५ सोमबार
corona-modi.JPG

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभरमै संक्रमितको संख्या ३० लाख नजिक पुगेको छ । त्यसैगरी मृतक २ लाख ७ हजार पुगेका छन् । कोरोनाबाट निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८ लाख ७९ हजार पुगेको छ । 

यसैबीच छिमेकी राष्ट्र भारत १६ औं स्थानमा रहेको छ संक्रमितको संख्यालाई लिएर हेर्ने हो भने । भारतमा अहिलेसम्म २७ हजार ८९० जना संक्रमित भएका छन् । 

२६ राज्य र ६ केन्द्र शासित प्रदेशमा फैलिएको संक्रमणबाट ८८१ जनाको ज्यान गएको छ । सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा भाएका छन् । त्यहाँ संक्रमित ८ हजार ६८ पुगेका छन् । ११८८ जनालाई निको भएको छ भने ३४२ जनाको ज्यान गएको छ । 

भारतले मे ३ तारिखसम्म लकडाउन लगाएको छ । त्यसलाई थप्ने बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरुसंग बैठक गर्दैछन् । 

भारत भन्दा अगाडि १६ राष्ट्र रहेका छन् । तिनीहरुको विवरण यस्तो छ –

सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा ९ लाख ८७ हजार १६० जना संक्रमित रहेका छन् । त्यहाँ ५५ हजार ४१३ जनाको ज्यान गएको छ । त्यहाँ १ लाख १८ हजार ७८१ जना उपचारपछि डिस्चार्ज भएका छन् । 

स्पेनमा २ लाख २६ हजार ६२९ जना संक्रमित हुँदा २३ हजार १९० को ज्यान गएको छ । इटालीमा १ लाख ९७ हजार ६७५ जना संक्रमित हुँदा २६ हजार ६४४ जनाको ज्यान गएको छ । स्पेन र इटालीमा मृतक घटेपछि लकडाउन खुकुलो बनाउन थालिएको छ । 

फ्रान्समा १ लाख ६२ हजार १०० जना संक्रमित हुँदा २२ हजार ८५६ जनाको ज्यान गएको छ । जर्मनीमा १ लाख ५७ हजार ७७० जना संक्रमित हुँदा ५ हजार ९७६ जनाको ज्यान गएको छ । 

बेलायतमा १ लाख ५२ हजार ८४० जना संक्रमित हुँदा २० हजार ७३२ जनाको ज्यान गएको छ । टर्कीमा १ लाख १० हजार १३० संक्रमित हुँदा २ हजार ८०५ को ज्यान गएको छ । 

इरानमा ९० हजार ४८१ जना संक्रमित हुँदा ५ हजार ७१० जनाको ज्यान गएको छ । चीनमा ३ संक्रमित थपिएर ८२ हजार ८३० जना हुँदा मृतक १ बढेर ४ हजार ६३३ पुगेको छ । 

रुसमा ८० हजार ९४९ संक्रमित हुँदा ७४७ जनाको ज्यान गएको छ । ब्राजिलमा ४ हजार २७१ को ज्यान जाँदा क्यानाडामा ४६ हजार ८५९ जना संक्रमित भएका छन् भने २ हजार ५६० को ज्यान गएको छ । 

बेल्जियममा ४६ हजार १३४ जना संक्रमित हुँदा ७ हजार ९४ को ज्यान गएको छ । त्यस्तै नेदरल्याण्डमा ३७ हजार ८४५ जना संक्रमित हुँदा ४ हजार ४७५ जनाको ज्यान गएको छ । 

त्यस्तै भारतभन्दा अगाडि १५ औं स्थानमा रहेको स्वीटजरल्याण्डमा २९ हजार ६१ जना संक्रमित हुँदा १ हजार ६१० जनाको ज्यान गएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ