arrow

दिल्लीमा स्वास्थ्यकर्मी भए पीडित, ७४ जना कोरोना संक्रमित, परिवार पनि 

logo
प्रकाशित २०७७ वैशाख १५ सोमबार
corona-delhi-market.jpg

काठमाडौं । कोरोना भाइरसले भारतमा २७ हजार ८९० जना संक्रमित हुँदा फ्रन्टलाइनमा रहेर संक्रमित बिरामीहरुसंगको सम्पर्कमा आउने स्वास्थ्यकर्मी पनि पीडित बनेका छन् । 

दिल्लीमा स्वास्थ्यकर्मीहरु समस्यामा परेका हुन् । दिल्लीका ३ अस्पतालका डाक्टरसमेत ७४ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सरेको छ । 

दिल्लीमा आइतबार २९३ ना संक्रमित भएका छन् । त्यसमध्ये दिल्लीको बाबा साहेब अम्बेडकर अस्पतालका २९ डाक्टर तथा स्वास्थ्यकर्मी संक्रमित भएका छन् । 

त्यस्तै बाबू जगजीवन राम अस्प्तालमा डाक्टरसमेत ४४ जना संक्रमित भएका छन् । एम्स अस्पतालकी नर्स संक्रमित भएकी छिन् । उनका दुई जना बच्चा पनि संक्रमित भएका छन् ।

उनी एम्समा संक्रमित हुने चौथो नर्स हुन् । 

भारतीय स्वस्थ्य मन्त्रालयले भने अहिलेसम्म भारतभर २६ हजार ९१७ लाई संक्रमण भएको र ८२६ को ज्यान गएको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ