arrow

कोरोना संक्रमितले बच्चा पाइन्, स्वस्थ्य भएर फर्के आमा–छोरा

logo
प्रकाशित २०७७ वैशाख १५ सोमबार
corona-winner.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीको त्रास जत्ति फैलिएको छ त्यत्तिकै मात्रामा सफलता पाएका उदाहरण पनि हामी सामु रहेका छन् । 

फेरि आमाको ममताले जस्तोसुकै रोग र विपद् पनि टार्छ भनिन्छ । त्यस्तै उदाहरण दिन सफल भएकी छिन् भारतको मध्यप्रदेशकी एक आमाले । 

आफू कोरोना संक्रमित भए पनि उनले इन्दोरको अस्पतालमा बच्चालाई जन्माइन् । २४ वर्षीया फरहाले बच्चालाई जन्म दिइनन् मात्र कि उनी निको भएर सकुशल बच्चासहित घर फर्केकी छिन् । 

अस्पताल प्रशासनले ढोलक बजाएर उनको विदाई गरेको थियो । नवजात बालकलाई उपहारसमेत दिइएको थियो । 

त्यसैगरी भोपालमा बाबु डा सौरभ पुरोहितसंगै उनका दुई वर्षका छोरालाई समेत कोरोनाको संक्रमण भएपछि बच्चाकी आमा डा विभाले साथमै रहेर उपचार गरिन् । 

तर उनलाई त कोरोना सर्यो नै साथमा गएको पाँच वर्षको अर्को छोरालाई पनि कोरोना भयो । 

चमत्कारै भन्नुपर्छ तीनैजना स्वस्थ्य भएर आइतबार (२६ अप्रिलमा) घर फर्केका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ