arrow

काममा फर्किए ब्रिटिश प्रधानमन्त्री जोन्सन

लकडाउन हटाउने वा खुकुलो पार्ने सम्भावना नरहेको जोन्सनको भनाई 

logo
जगन कार्की,
प्रकाशित २०७७ वैशाख १५ सोमबार
borish.jpg

लन्डन। कोभिड १९ भएपछि एक महिना लामो उपचार र आराम गरेर ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सन काममा फर्किएका छन् ।

प्रधानमन्त्री जोन्सनले कोरोना भाइरस संक्रमणका कारण अहिले युके अत्यधिक जोखिममा रहेको भन्दै बन्दाबंदीका कारण धैर्य नगुमाउन देशवासीहरुलाई अपिल पनि गरेका छन् ।

देशले विश्वयुद्धपछि सबैभन्दा ठूलो समस्याको सामना गरिरहेको भन्दै उनले कठिन समयमा आआफ्नो तर्फबाट सहयोगी भूमिका खेल्ने सबैको योगदानको प्रशंसा गरे ।

अस्पतालहरुमा अत्यावश्यक औषधिहरुको अभाव भइरहेको, सरकारले भने अनुसार टेस्टीङ्ग गर्न नसकेको, अर्थतन्त्रलाइ चलायमान बनाउन ठोस योजना नल्याएको आदि आलोचना भइरहेका बेला प्रधानमन्त्री जोन्सन काममा फर्केका हुन् । तर उनले तत्काल लकडाउन हटाउने वा खुकुलो पार्ने सम्भावना नरहेको बताए। 

‘मलाई थाहा छ यो कठिन छ । म हाम्रो अर्थतन्त्र सकेसम्म छिटो सुचारु होस् भन्ने चाहन्छु। तर म सबै बेलायती जनताले अहिलेसम्म गरेको त्यागलाई खेर जान र महामारीको दोस्रो पिक आउन दिन चाहन्न,’ उनले भने।

स्थितिमा सुधार आएपछि ‘लकडाउन’ कसरी खुकुलो पार्दै जाने भन्नेबारे सरकारले पारदर्शी रुपमा सबैलाई जानकारी गराउने पनि उनले बताए।

गत मार्च २७ मा कोरोनाको संक्रमण देखिएका ५५ वर्षीय प्रधानमन्त्री जोन्सनलाई लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको थियो ।  उनलाई तीन रातसम्म ‘इन्टेसिभ केयर युनिट’मा राखिएको थियो । अप्रील १२ मा डिस्चार्ज भए यता उनी बकिंगहमशायरस्थित आफ्नो सरकारी निवासमा आराम गर्दै आएका थिए ।

नेपालकी राष्ट्रपति विद्या भण्डारी तथा प्रधानमन्त्री के पी शर्मा ओलीले छुट्टाछुट्टै संदेश पठाइ प्रधानमन्त्री जोनसनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

पब्लिक हेल्थ इंगल्याण्डका अनुसार शनिवार, २५ एप्रिलसम्ममा ब्रिटेनमा १५२,८४० जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएकोमा २०,७३२ जनाको ज्यान गैसकेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ