वेलिङटन। न्युजिल्याण्डले सोमबार मध्यरातदेखि लागू हुनेगरी बन्दाबन्दीलाई खुलुको पार्ने बताएको छ। कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या थप पाँच जना देखिएकै दिन सोमबारदेखि लकडाउन खुकुलो पारिएको हो।
प्रधानमन्त्री जकिन्दा अर्डेनले कोरोनाभाइरसको खतरा कम हुदै गएकाले आर्थिक गम्भीरता र मानवीय सम्वेदनशिलतालाई ध्यान दिँदै लकडाउन खुकुलो पार्न लागिएको बताए।
सोमबारको मध्यरातदेखि केही व्यापारीक केन्द्रहरु, निर्माण कार्यहरुलाई खुल्ला गरिने निर्णय सरकारले गरेको छ। तर सामाजिक दुरी कायम गर्ने निमय भने अहिले पनि लागु गर्नुपर्ने सरकारले स्पष्ट पारेको छ।