arrow

अमेरिकामा कोरोनाका संक्रमित केही घटे, ट्रम्पले कल्पनै गर्न सकेनन्

logo
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
corona-trump.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या केही घटेको छ । विगत २४ घण्टामा संक्रमितको संख्या २२ हजार २३५ ले मात्र बढेको हो । 

यसअघि ३० हजारको संख्यामा संक्रमित थपिने गरेका थिए । दुई हजारको संख्यामा मृत्यु हुँदै आएकामा १३ सय ६९ थपिएका छन् । 

अहिलेसम्म संक्रमितको संख्या १० लाख ९ हजार ३९५ पुगेको छ । मृतक ५६ हजार ७८२पुगेका छन् । सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा मात्रै २ लाख ९८ हजार ४ जना संत्रमित हुँदा २२ हजार ६२३ जनाको ज्यान गएको छ । 

न्यूजर्सीमा १ लाख ११ हजार १८८ जना संक्रमित हुँदा ६ हजार ४४ को मृत्यु भएको छ । 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि किटाणु नाशकको बारेमा अमेरिकी हटलाइन कल बढी कल्पनै गर्न नसकेको बताएका छन् । 

उनको यो भनाइप्रति मिशिगन र मेरिल्यान्डका गभर्नरहरुले भ«म्पको आलोचना पनि गरेका छन् । स्वास्थ्यकर्मीहरुको कडा आलोचनापछि ट्रम्पका टिप्पणीको ब्यापक व्यङ्ग्य भएको थियो । 

थुप्रै हटलाइन कल आउँदा पनि त्यसको सम्वोधन नगरिएकामा पनि आपत्ति जनाइएको थियो । 

परीक्षणमा मात्र आँकलन गर्न नसकेको नभइ ट्रम्पले यसअघि अप्रिल दोस्रो सातासम्म मात्र कोरोना बढ्ने बताएका थिए । 

त्यस्तै ४० देखि ५० हजारको मात्र अमेरिकामा ज्यान जाने बताएका थिए । उनी आलोचित बन्दै आएका छन् । 

ट्रम्पले यसअघि राज्य गभर्नरहरुलाई लकडाउन खोल्न भनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ