arrow

कोरोना संक्रमणमा भारत विश्वमै १५ औं स्थानमा पुग्यो, यस्तो छ अवस्था 

logo
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
corona-india1.JPG

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभरमै संक्रमितको संख्या ३१ लाख नजिक पुगेको छ । त्यसैगरी मृतक २ लाख १२ हजार नजिक पुगेका छन् । कोरोनाबाट निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ९ लाख २१ हजार पुगेको छ । 

यसैबीच छिमेकी राष्ट्र भारत संक्रमितको संख्यालाई लिएर हेर्ने हो भने १५ औं स्थानमा रहेको छ  । निरन्तर संक्रमित बढेपछि भारत १५ औं मा पुगेको हो । आइतबार १६ औं मा रहेको भारत सोमबार एक स्थान माथि पुगेको हो । 

भारतमा अहिलेसम्म २९ हजार ४५१ जना संक्रमिमत भइसकेका छन् । सोमबार १ हजार ५६१ जना संक्रमित थपिएका छन् । 

२६ राज्य र ६ केन्द्र शासित प्रदेशमा फैलिएको संक्रमणबाट ९४१ जनाको ज्यान गएको छ । एकै दिन ६० जनाको ज्यान गएको हो । 

सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा भएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ३६९ पुगेको छ । 

कुन प्रदेशमा कतिको गयो ज्यान ? 
महाराष्ट्रमा ३६९, गुजरातमा १६२, मध्य प्रदेश ११०, दिल्लीमा ५४, राजस्थानमा ५०, आन्ध्रप्रदेशमा ३१ तथा तेलंगानामा २५ जनाको ज्यान गएको छ । 

उत्तर प्रदेशमा ३१, तमिलनाडुमा २४, कर्नाटकमा २०, पंजाबमा १९, पश्चिम बंगालमा २० तथा जम्मूकश्मीरमा ७ जनाको ज्यान गएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ