arrow

जुलियन असान्जको सुनुवाई नोभेम्बरसम्म स्थगित

logo
एएनआई,
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
julian-assange-wikileaks.jpg

लन्डन। विकिलिक्सका संस्थापक जुलियन असान्जलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने या नगर्ने भन्ने सुनुवाई आगामी नोभेम्बरसम्म स्थगित गरिएको छ। असान्जका वकीलहरुले कोरोनाभाइरस महामारीका बीच सुनुवाईको कार्य अघि बढाउनु “स्वास्थ्यका कारण खतरा” रहेको दाबी गरेका थिए।

असान्जलाई स्वीडेन वा संयुक्तराज्य अमेरिकामा सुपुर्दगी गर्ने वा नगर्ने विषयमा आगामी मे १८ मा सुनुवाई आरम्भ गर्ने योजना थियो। स्वीडेनमा असान्जमाथि यौन दुव्र्यवहारको एउटा मुद्दा विचाराधीन छ भने संयुक्तराज्य अमेरिकाले असान्जमाथि जासुसीको आरोप लगाएको छ। अमेरिकामा असान्ज दोषी ठहरिए १७५ वर्षको जेलसजाय हुनेछ।

सुनुवाईको मिति घोषणा गर्दै बेलायतका न्यायाधीश भानिसा बाराइजरले छिटोमा आगामी नोभेम्बर २ देखि मात्र असान्जमाथिको मुद्दाको सुनुवाई हुनेछ। यो सुनुवाई करिब तीन साताको हुनेछ।

असान्जलाई गत वर्ष अप्रिलमा लन्डनस्थित इक्वेडरको राजदूतावासबाट लन्डन प्रहरीले गिरफ्तार गरेको थियो। अमेरिकाले गिरफ्तार गर्ने र आफ्नो ज्यानको सुरक्षा नभएको भन्दै असान्जले उक्त दूतावासमा झण्डै ८ वर्षदेखि आश्रय लिएका थिए। यद्यपि विकिलिक्सका संस्थापक असान्जले अमेरिका विरुद्ध जासुसीको आरोप खण्डन गर्दै आएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ