arrow

विश्वभर कति पुगे कोरोना संक्रमित, दक्षिण एसियामा कति ?

logo
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
covid-test-positive-corona.jpg

जेनेभा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । 

नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा सामान्य कमी आएको एएफपीले जनाएको छ । अमेरिकामा संक्रमितको कूल संख्या १० लाख नाघे पनि विभिन्न राज्यमा मानिसहरु लकडाउन र सामाजिक दूरीका नियमहरुको बेवास्ता गर्दै घरबाहिर निस्कन थालेका छन् । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार ३८४ जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा विश्वमै सबैभन्दा बढी ५६ हजार ८०३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २४ हजारको हाराहारीमा पुगेको छ । 

युरोपेली मुलुकहरुमा समेत गएको २४ घण्टामा दुई हजारको हाराहारीमा मात्र कोरोनाका बिरामीको मृत्यु भएको र संक्रमितको संख्यामा तुलनात्मक रुपमा कमी आएको देखिएको भन्दै लकडाउनमा केही खुकुलो पारिएको र कतिपय मुलुकमा विद्यालयहरु खोल्न थालिएको छ । 

कोरोनाभाइरस सम्बन्धी तथ्याँक उपलब्ध गराउँदै आएको वल्र्डओमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ९ लाख २४ हजार ६३७ जना उपचारपछि घर फर्किएका छन् । अझै पनि ५६ हजार २९१ जनाको स्वास्थ्य अवस्था निकै नाजूक अवस्थामा रहेको छ । हाल संक्रमित कूल संक्रमित १९ लाखमध्ये करिब १८ लाख ८० हजार अर्थात् झण्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ९७७ जना, स्पेनमा २३ हजार ५२१ जना, फ्रान्समा २३ हजार २९३, बेलायतमा २१ हजार ९२ जना, बेल्जियममा ७ हजार २०७ जना, जर्मनीमा ६ हजार १२६ जना, नेदरल्यान्ड्समा ४ हजार ५१८ जना, स्वीडेनमा २ हजार २७४ जना, स्वीट्जरल्यान्डमा १ हजार ६६५ जना, आयरल्यान्डमा १ हजार १०२, पोर्चुगलमा ९२८ जना तथा रसियामा ८६७ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ८०६ जना, चीनमा ४ हजार ६३३ जना, ब्राजिलमा ४ हजार ६०३ जना, टर्कीमा २ हजार ९०० जना, क्यानाडामा २ हजार ७०७ जना, मेक्सिकोमा १ हजार ४३४ जना, भारतमा ९३९, इन्डोनेसियामा ७६५ जना, इक्वेडरमा ६६३ जनाको मृत्यु भएको छ ।  

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति 

क्र.सं.    महादेश    कूल संक्रमित     निको भएका    कूल मृत्यु

     विश्वभर          ३०,७३,३५६    ९,२४,६३७     २,११,७६६

१.    युरोप             १३,०८,३८५    ४,४७,९६४     १,२४,११५
२.    उत्तर अमेरिका    १०,९२,१५०    १,६९,६११      ६१,६४३
३.    एसिया           ४,८४,५३८      २,३७,२९३      १७,६२५
४.    दक्षिण अमेरिका    १,४५,२१२       ५१,६४६        ६,७९३
५.    अफ्रिका         ३४,०५१          १०,५८४         १,४७२
६.    ओसेनिया(अस्ट्रेलिया)    ८,२९९    ६,८९४          १०३

    दक्षिण एसियाली मुलुकहरु            

१.    भारत            २९,४५१    ७,१३७    ९३९
२.    पाकिस्तान      १४,०७९    ३,२३३    ३०१
३.    बंगलादेश       ५,९१३    १३१       १५२
४.    अफगानिस्तान    १,८२८    २२८       ५८
५.    श्रीलंका          ५८८     १२६       ७
६.    माल्दिभ्स        २२६       १७        –
७.    नेपाल            ५२        १६         –
८.    भुटान            ७         ५         –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ