arrow

अमेरिकामा फेरि बढ्यो कोरोनाको संक्रमण

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
corona-trump.jpg

काठमाडौं । कोरोना भाइरसको सबैभन्दा बढी असर परेको अमेरिकामा सोमबार मृतक र संक्रमित घटेका भए पनि मंगलबार फेरि बढेका छन् । 

अमेरिकामा २४ घण्टाको अवधिमा २५ हजार भन्दा बढी संक्रमित थपिँदा २५ सय जनाको ज्यान गएको छ । अमेरिकामा संक्रमितको संख्या १० लाख ३६ हजार पुगेको छ । 

त्यस्तै मृतकको संख्या ५९ हजार २५० नाघेको छ । यो संख्या अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोचेभन्दा धेरै बढी हो । 

जम्मा १ लाख ४२ हजार १६२ जनालाई मात्र निको भएको छ । सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख १ हजार ४५० जना संक्रमित हुँदा २३ हजार १४४ जनाको ज्यान गएको छ । 

दोस्रो प्रभावित न्यूजर्सीमा १ लाख १३ हजार ८५६ जना संक्रमित हुँदा मृतकको संख्या ६ हजार ४४२ पुगेको छ । 

सोमबार संक्रमित र मृतक घटेपछि अमेरिकामा बिस्तारै लकडाउन खोल्ने बारेमा ट्रम्पले गभर्नरहरुसंग सल्लाह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ