arrow

कोभिड-१९ जैविक हतियार भए नभएको जाँच गर्न पाकिस्तानमा उठ्यो माग

पाकिस्तानका एक पूर्व मन्त्रीले जाँचको आग्रह गर्दै राष्ट्रसंघलाई पठाए पत्र

logo
एजेन्सी,
प्रकाशित २०७७ वैशाख १७ बुधबार
ex-senator-rehman-malik-pak.jpg

इस्लाबाद। पाकिस्तानका पूर्व आन्तरिक मामिला मन्त्री रेहमान मलिकले संयुक्त राष्ट्रसंघलाई पत्र लेख्दै कोभीड १९ संक्रमणको जाँच गर्न आव्हान गरेका छन्। उनले चीनबाट शुरु भएको उक्त भाइरसबारे निष्पक्ष एवं गहिरो अनुसन्धान हुनुपर्ने बताएका हुन्। मलिकले सन् १९७५ को जैविक हतियार सम्मेलनको आधारमा अनुसन्धान हुनुपर्ने माग गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई पत्र लेखेका छन्। उनको पत्रबारे पाकिस्तानमा सामाजिक संजालहरुमा धेरै चर्चा भएको छ। उनको पत्र सही हो वा गलत भन्ने बारेमा पनि धेरै चर्चा भएको थियो।

उनले आफ्नो ट्विटरमा उक्त पत्र लेखेको बताए पछि पाकिस्तानमा एक किसिमको तरंग उत्पन्न भएको छ। पछिल्लो समय चीन र पाकिस्तानको सम्बन्ध राम्रो हुँदै गएको समयमा पुर्व मन्त्रीको यस्तो पत्रले हलचल ल्याएको छ।

रेहमान पाकिस्तानको सिनेट (नेपालको राष्ट्रिय सभा जस्तै) सदस्य हुन् र उनी आन्तरिक मामिला समितीको सभापति पनि रहेका छन्। रेहमानले पाकिस्तानले भोगिरहेको कोरोना महामारीको समयमा सबै पार्टी एक हुनुपर्ने भन्दै सार्वजनिक आव्हान पनि गरेका छन्। उनले विश्व एक भएर लड्नु पर्ने समय हो भनेका छन्।

रेहमानले संयुक्त राष्ट्रसंघलाई भाईरोलोजिस्ट, बैज्ञानिक लगायत अरु सान्दर्भिक मानिसहरु मिलाएर एक उच्चस्तरीय छानविन समिती बनाउन आग्रह गरेका छन्। कोभिड-१९को जरासम्म पुगेर सत्य तथ्य पत्ता लगाउनु पर्ने उनको माग छ।

कोरोना भाईरसको उद्गमबारे विश्वभी अनेक प्रसङग चर्चामा छ। ती चर्चाहरुलाई तथ्य सत्यले मात्र शान्त पार्न सक्ने भन्दै रेहमानले संयुक्त राष्ट्रसंघलाई लेखेको पत्रमा उल्लेख गरेका छन्।

रेहमानले पत्रमा भनेका छन् –‘मैले संक्त राष्ट्रसंघको रिपोट पढें। बैज्ञानिक र भाइरोलोजिस्टहरुले चीनमाथि शंका गरेका छन्। किन यस्तो शंका राखिराख्ने? मेरो अनुसन्धान र आधिकारिक सूचनाका आधारमा अमेरिकाको होनुलुलुबाट जापान पुगेको देखिन्छ।‘

अमेरिका र चीनले आरोप प्रत्यारोप लगाउने काम जारी रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९लाई चिनियाँ भाइरस भनेर सम्बोधन गरेपछि चीनले कडा आपत्ती जनाएको थियो।

‘चीन र अमेरिकाले एक अर्कालाई आरोप लगाईरहँदा कोभीड-१९ को उद्गमबारे सत्यतथ्य पत्ता लगाउनु पर्छ। जैविक हतियार सम्मेलनको धारा ३ र ४ का अनुसार अनुसन्धान हुनुपर्छ’ रेहमानले पत्रमा लेखेका छन्। 

चीनले ६२ अर्व डलरको चीन पाकिस्तान आर्थिक कोरिडरमा लगानी गरेको छ जुन दोस्रो चरणमा पुगिसकेको छ। त्यसैगरि तालिबान बिरुद्धको युद्धमा पाकिस्तानले अमेरिकालाई सहयोग गरेको थियो। पाकिस्तानको चीन र अमेरिका दुवैसँग राम्रो सम्बन्ध रहेको पनि मलिकले जनाएका छन्।

मलिकको पत्रमा सन् २०१५ मा बिल गेट्सले जैविक हतियारयुक्त आतंकवादी गतिविधी हुनसक्ने भनेका थिए। उनले सन् २०१८ मा पनि उक्त कुरा दोहोर्‍याएका थिए। उनको कुरालाई ध्यानमा राखेर पनि कोभिड-१९को अनुसन्धान जरुरी देखिएको रेहमानको जिकिर छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ