arrow

अखिल अध्यक्ष ऐन महर बिरुद्ध साईबर क्राइमको उजुरी दायर

जापानमा रहेका जनकराज र बझाङमा रहेका परिवारको ज्यान मार्ने धम्कीपछि साइबर क्राइमको उजुरीसँगै जीवन रक्षाको आग्रह

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
ain-mahar-cyber-crime.gif

काठमाडौं। सामाजिक सञ्जाल फेसबुकमा आफ्ना बिरुद्ध लेखेको भन्दै अनेरास्वबियुका संयोजक ऐन महरले बझाङ जिल्लाको छबिस पाथीभेरा गाउँपालिकाका जनकराज मण्डेल र उनको परिवारको ज्यान मार्ने धम्की दिइएको भन्दै मण्डेलका आफन्तले जीवन रक्षाको माग गर्दै साइबर क्राइम अपराधमा  उजुरी दिएका छन् । 

बैदेशिक रोजगारीका लागी हाल जापान रहेका मण्डेलले आफु र आफ्नो परिवारलाई मारिदिने भन्दै अनेरास्वबियुका संयोजक ऐन महरले धम्की दिएपछि उनको परिवारका तर्फबाट देवचन्द्र मण्डेलले उजुरी दिएका हुन्। 

आफूलाई र आफ्नो परिवारलाई महरले ज्यान मार्ने धम्की दिएको भन्दै उनले केहि दिन अघी फेसबुकमा लाईभ मार्फत जानकारी दिएका थिए। सो लाईभमा उनले आफ्नो र परिवारको जीवनरक्षाको अपिल पनि गरेका थिए। 

राहत बाडेको निहुमा ज्ञानेन्द्र शाहीलाई प्रहरीले गिरप्तार गरेपछि मण्डेलले आफ्नो फेसबुक पेजमा भिड गरि राहत बाड्ने अनेरास्वबियुका संयोजक ऐन महरलाई पनि कारबाही गर्नुपर्ने लेखेका थिए। उनले आफ्नो फेसबुक पेजमा, “यदी राहत बाँडेकै कारण नियन्त्रणमा लिएको हो भने ? ज्ञानेन्द्र शाहीलाई। अनेरास्वबियुका संयोजक ऐन महरलाई पनि तुरुन्त गिरप्तार गरियोस, यसरी लथालिङ्ग गरेर आपत बिपतको बेलामा राहतको नाममा राजनीति गर्ने अराजक गतीबिधी देखाउने ठुटे भाषण दिनेहरुलाई कार्बाही गर्नुपर्छ की पर्दैन ? कानुन सबैका लागी बराबर हुनुपर्यो। प्रहरी भनेको स्वतन्त्र निकाय हो।” लेखेका थिए। 

सोही पोष्ट किन गरेको भन्दै महरले म्यासेनजर मार्फत आफु र आफ्नो परिवारलाई मारिदिने धम्की दिएको मण्डेलले बताएका थिए । उनले भने मैले फेसबुकमा लेखेकै कारण महरले आफुलाई अपशब्द बोल्दै तलाई मैले चाह्यो भने जापानमै सिध्याउन लगाउछु, तेरो घर परिबारलाई नेपालमा सिध्याउछु भन्दै तथानाम गाली सहित धम्की दिएको बताएका थिए। अनेरास्वबियुको केन्द्रीय अध्यक्षले यसरी फेसबुक मार्फत गाली गर्दै ज्यान मार्ने धम्की दिएर शक्तिको आडमा गुण्डागर्दीलाई प्रोत्साहन गरेको उनले बताए। जापानबाट बचेर आए नेपालमै भएपनि सिध्याउने धम्की दिएको मण्डेलले बताए।

नेकपाकै कार्यकर्ता रहेका मण्डेलले आफू र आफ्नो परिवारलाई पनि मार्ने धम्की दिएपछि प्रहरीलाई जापानबाटै उजुरी गरेका थिए। प्रहरीले आफूलाई नेपालमा रहेका परिवारलाई उजुरी दिन भनेपछि औपचारिक रुपमा उजुरी दिएको उनले हाम्राकुरालाई बताए। अखिल अध्यक्ष महरले धम्की दिएका मण्डेल पनि नेकपाकै कार्यकर्ता हुन्।   

महरले भने यस बिषयमा आश्चर्यमा परेको बताएका थिए। महरले बझाङको आफ्नै गाउँको भाइ भएपनि किन यस्तो गम्भिर आरोप लगाए भन्नेमा आफू पनि आश्चर्यमा परेको बताएका थिए। 'पारिवारिक नाता समेत रहेको उसलाई किन ज्यान मार्ने धम्की दिनु र?' महरले भने, 'कुनै आग्रह र पूर्वाग्रह राखेर उसले त्यसो भनेको होला त्यो म बुझ्छु। मैले उसलाई ज्यान मार्ने धम्की दिनु पर्ने कारण पनि छैन र मैले त्यसो गरेको पनि छैन।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ