arrow

अमेरिकामा कोरोना रोकिने संकेत आएन, आर्थिक स्थिति दशककै खराब

logo
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
trump-corona-usa.jpg

काठमाडौं । कोरोना भाइरसको सबैभन्दा बढी असर परेको अमेरिकामा संक्रमण रोकिने कुनै लक्षण अहिलेसम्म आएको छैन । 

शक्तिशाली देशले अहिलेसम्म संक्रमण रोक्न गरेका योजनाहरु असफल भएको दिनानुदिन बढ्दै गएको संक्रमण र मृतकको तथ्यांकले पनि बताएको छ । 

विगत २४ २४ घण्टाको अवधिमा २८ हजार संक्रमित थपिँदा २३ सय ५० भन्दा बढीको ज्यान गएको छ । 

अमेरिकामा संक्रमितको संख्या १० लाख ६३ हजार ३५० भन्दा बढी पुगेको छ । 

त्यस्तै मृतकको संख्या ६१ हजार ६३५ नाघेको छ । यो संख्या अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोचेभन्दा धेरै बढी हो । 

जम्मा १ लाख ४७ हजार ११४ जनालाई मात्र निको भएको छ । सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ६ हजार १५८ जना संक्रमित हुँदा २३ हजार ४७४ जनाको ज्यान गएको छ । 

दोस्रो प्रभावित न्यूजर्सीमा १ लाख १६ हजार २६४ जना संक्रमित हुँदा मृतकको संख्या ६ हजार ७७० पुगेको छ । 

सोमबार संक्रमित र मृतक घटेपछि अमेरिकामा बिस्तारै लकडाउन खोल्ने बारेमा ट्रम्पले गभर्नरहरुसंग सल्लाह गरेका थिए । 

तर मंगलबारदेखि फेरि पुरानै शैलीमा संक्रमित र मृतक बढेका छन् । 

आर्थिक स्थिति दशकमै खराव

यसैबीच कोरोनाको असरका कारण अमेरिकामा दशकमै आर्थिक स्थिति सबैभन्दा बढी खस्केको छ । 

पहिलो चौमासिकमा अमेरिकी अर्थतन्त्रले एक दशकभन्दा बढीको अवधिमा सबैभन्दा ठूलो संकुचन भोग्नुपरेको बताएको छ । 

लकडाउनका कारण यो स्थिति भोग्नु परेको निष्कर्ष निकालिएको हो । अमेरिकाले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था वार्षिक दर ४.८ प्रतिशतले डुबेको देखाइएको छ । 

यो संकुचनको चिन्ह सन् २०१४ पछि पहिलो पटक लागेको हो । अमेरिकी केन्द्रीय बैंकका नीति निर्माताहरुले बुधबार कोरोनाको महामारीले अमेरिका र विश्वभर जबरजस्त मानवीय र आर्थिक कठिनाई निम्त्याइरहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ