arrow

कोरोनाको औषधि परीक्षणले जगायो आशा, विश्वभर ३२ लाख पुगे संक्रमित

logo
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
corona-cirus-vaccine.jpg

वासिङ्टन । अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् । 

विश्वभर संक्रमितको संख्या बढ्दै गएको र आर्थिक विश्रृंखलता निम्त्याएको कोरोनाभाइरसको औषधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र खुशीयाली छाएको छ । 

औषधिको परीक्षण निकै सफल भएको खबर सार्वजनिक भएसँगै त्यसको सकारात्मक असर वालस्ट्रिट सहित विश्वको शेयर बजारमा देखिएको छ । अमेरिकामा एक दशकयताकै सबैभन्दा खराब आर्थिक स्थिति देखिए पनि वालस्ट्रिटमा सकारात्मक प्रभाव देखिएको छ । अर्कातर्फ जर्मनीको पनि दोस्रो विश्वयुद्ध पछि पहिलोपटक अर्थव्यवस्था सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । 

कोरोनाभाइरसका कारण विश्वभर २ लाख २८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । यहीबीच कोरोनाभाइरस महामारी फैलिएपछि पहिलोपटक विश्व स्वास्थ्य संगठनको आपतकालीन समितिको बैठक पनि यही बिहीबार बस्दैछ ।

रेमडेसिभर नामको औषधिको क्लिनिकल परीक्षणले मानिसको निको हुने दर करिब ३० प्रतिशतले बढेको देखाएको छ । हालसम्म यो औषधि नै नयाँ कोरोनाभाइरसको उपचारमा सबैभन्दा सफल मानिएको छ । 

अमेरिकी इपिडिमियोलोजिस्ट डा एन्थोनी फचीले संवाददाताहरुसँग रेमडेसिभर औषधिको प्रभाव र असर निकै उत्साहप्रद रहेको बताउनुभयो । यो औषधि इबोला भाइरसका बिरामीका लागि भने असफल देखिएको थियो । 

यही औषधि चीनको उहानका बिरामीमा परीक्षण गर्दा पनि त्यति सफल मानिएको थिएन । विश्व स्वास्थ्य संगठनका वरिष्ट अधिकृत माइकल रायनले पछिल्लो नतिजाका बारेमा प्रतिक्रिया दिन अस्वीकार गर्नुभयो । उहाँले परीक्षणको विस्तृत विवरण प्राप्त नहुँदासम्म आफूले यस बारेमा टिप्पणी नगर्ने बताउनुभयो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको कार्यशैलीमाथि प्रश्न उठाउँदै निरन्तर आलोचना गरिरहनु भएको छ । धेरै विज्ञहरुले अमेरिकामा भाइरसको प्रसार रोक्न राष्ट्रपति ट्रम्प असफल भएपछि मानिसको ध्यान अन्यत्र मोड्न विश्व स्वास्थ्य संगठनमाथि आरोप लगाएको बताएका छन् । 

पछिल्ला विवरण अनुसार विश्वभर कोरोनाभाइरसबाट ३२ लाख ३२ हजार मानिस संक्रमित भएका छन् भने २ लाख २८ हजारभन्दा बढीको मृत्यु भएको छ । 

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति 

क्र.सं.    महादेश    कूल संक्रमित     निको भएका    कूल मृत्यु

     विश्वभर          ३२,३२,०६१    १०,०७,८६५    २,२८,५०५

१.    युरोप             १३,५६,१३५    ४,९०,०९८      १,३३,१७६
२.    उत्तर अमेरिका    ११,५२,६०८    १,८२,७६९     ६७,१३१
३.    एसिया           ५,१०,०८६       २,५७,३८४     १८,३३०
४.    दक्षिण अमेरिका    १,६६,४६८     ५७,२९८        ८,१५०
५.    अफ्रिका         ३७,७१३        १२,६३६         १,५९३
६.    ओसेनिया(अस्ट्रेलिया)    ८,३३०    ७,०३५          ११०

    दक्षिण एसियाली मुलुकहरु            

१.    भारत            ३३,०६२    ८,४३७    १,०७९
२.    पाकिस्तान       १५,७५९    ४,०५२    ३४६
३.    बंगलादेश       ७,६६७    १६०      १६८
४.    अफगानिस्तान    २,१७१    २६०      ६४
५.    श्रीलंका          ६४९      १३९       ७
६.    माल्दिभ्स        २८०       १७        १
७.    नेपाल            ५७       १६         –
८.    भुटान            ७          ५         –
––



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ