arrow

अमेरिकामा झन् बढे कोरोना संक्रमित, एकैदिन ३१ हजार संक्रमित, ट्रम्पको भविष्यवाणी मिलेन 

logo
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
corona-trump.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमणले अमेरिकालाई अझै छोडेको छैन । संक्रमित झन् बढ्दो अवस्थामा पुगेको छ । 

बिहीबार एकै दिन अमेरिकामा संक्रमितको संख्या ३१ हजार पुगेको छ । वल्डोमिटरका अनुसार विश्वभर नयाँ संक्रमित ८६ हजार पुग्दा ३१ हजार मात्र अमेरिकी हुन् । 

त्यसैगरी दुई हजार २०० भन्दा बढीको ज्यान गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलका सुरुआती दुई सातामात्र कोरोनाको संक्रमण बढ्ने दावी गरेका थिए । 

मे महिना लाग्दा समेत पनि कोरोनाको प्रकोप झन् फैलदो छ । अमेरिकामा संक्रमितको संख्या १० लाख ९५ हजार भन्दा बढी भएको छ । मृतक ६३ हजार ८५६ भइसकेका छन् । 

न्यूयोर्कमा मात्रै ३ लाख १० हजार ८३९ जना संक्रमित हुँदा २३ हजार ७८० जनाको ज्यान गएको छ । 

दोस्रो प्रभावित शहर न्यूजर्सीमा १ लाख १८ हजार ६५२ जना संक्रमित हुँदा ७ हजार २२८ जनाको ज्यान गएको छ । 

ट्रम्पले गभर्नरहरुलाई लकडाउन खोल्न आग्रह गरे पनि संक्रमित नरोकिँदा त्यो चुनौती भोग्न गभर्नरहरु तयार छैनन् । 

कोरोनाको असरका कारण अमेरिकामा दशकमै आर्थिक स्थिति सबैभन्दा बढी खस्केको छ । 

पहिलो चौमासिकमा अमेरिकी अर्थतन्त्रले एक दशकभन्दा बढीको अवधिमा सबैभन्दा ठूलो संकुचन भोग्नुपरेको बताएको छ । 

लकडाउनका कारण यो स्थिति भोग्नु परेको निष्कर्ष निकालिएको हो । अमेरिकाले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था वार्षिक दर ४।८ प्रतिशतले डुबेको देखाइएको छ । 

यो संकुचनको चिन्ह सन् २०१४ पछि पहिलो पटक लागेको हो । अमेरिकी केन्द्रीय बैंकका नीति निर्माताहरुले बुधबार कोरोनाको महामारीले अमेरिका र विश्वभर जबरजस्त मानवीय र आर्थिक कठिनाई निम्त्याइरहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ