arrow

युरोपमा कोरोना सुस्ताउँदा रुसमा तीव्र, प्रधानमन्त्रीलाई पनि लाग्यो कोरोना

logo
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
corona-russia-putin-mishust.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वलाई आक्रान्त पारिरहँदा रुसमा ढिला गरी आक्रमणलाई तीब्र बनाएको छ । 

युरोपेली अन्य राष्ट्रहरुमा संक्रमितको संख्या घट्दै जाँदा रुसमा भने बढ्दै गएको छ । 

अमेरिका शीर्ष स्थानमा रहे पनि त्यसपछिका स्थानमा युरोपेली मुलुकहरु नै रहेका छन् । तर स्पेन, इटाली, फ्रान्स, जर्मनीमा संक्रमित र मृतकको संख्यामा कमी आइरहँदा रुसमा बढ्दो छ । 

सुरुआती समयमा रुसमा संक्रमित कम हुँदा कतै कम्युनिष्ट मिलेमतो हो कि भन्ने आशंका पनि गरिएको थियो । 

चीनसंग रुस नजिक भएकाले कोरोनाको संक्रमण बढी नहुनुलाई स्वभाविक मानिएको थियो । 

तर पछिल्ला दिनमा बढ्दो छ । शुक्रबार बिहानसम्म रुसमा १ लाख ६ हजार ४९८ जना संक्रमित भइसकेका छन् । 

मृतकको संख्या १ हजार ७३ पुगेको छ । जम्मा ११ हजार ६१९ जनालाई मात्र निको भएको छ । निको हुनेको दर पनि कम रहेकाले पनि चिन्ताको विषय बनेको छ । 

बिहीबार एकै दिन ७ हजार ९९ नयाँ संक्रमित थपिएका छन् भने १०१ नयाँ मृतक थपिएका छन् । 

फेब्रुअरी १५ बाट हुन थालेको मृतकको संख्या अप्रिलदेखि उच्च हुँदै गएको हो । 

प्रधानमन्त्री मिस्हुस्तिनलाई पनि कोरोना
रुसी प्रधानमन्त्री मिखाइल मिस्हुस्तिनलाई पनि कोरोना भएको छ । अस्पतालमा गएर परीक्षण गर्दा उनी कोरोना संक्रमित भएका हुन् । 

उनी रुसमा एकै दिन ७ हजार ९९ सबैभन्दा ठूलो रेकर्डका रुपमा संक्रमित हुँदा त्यसै दिन संक्रमित भएका हुन् । 

गत जनवरीदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका मिखाइलले महामारीविरुद्ध सक्रिय भएर लडिरहेका थिए । 

रुसी टेलिभिजनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग आफू कोरोना संक्रमित भएको बताएका थिए । 

उनले पहिलो उपप्रधानमन्त्री एन्द्रे बेलाउसोभलाई आफ्नो स्थानमा रहेर काम गर्न पनि सुझाव दिएका छन् । 

उनी सेल्फ आइसोलेसनमा गएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ