arrow

शसस्त्र समूहबीचको भिडन्तका क्रममा ५० भन्दा बढीको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
africa.png

बाङ्गुली। दुई ओटा शसस्त्र समूहका बीचमा भएको भिडन्तका क्रममा मध्य अफ्रिकामा ५० भन्दा बढीको मृत्यु भएको छ। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने एनडेल भन्ने ठाउँमा बुधबार भिडन्त भएको स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार जनाएका छन्। दुई पक्षीय भिडन्त एनडेलको मध्य बजारमै भएको थियो। भिडन्तपछि घटनास्थलमा ५३ शव भेटिएको अधिकारीहरुले जानकारी दिएका छन्।

मृत्यु भएका मध्ये २५ जना आम नागरिक र अरु २८ जना शसस्त्र विद्रोहीका लडाकु रहेको उनीहरुको भनाइ छ। दुई पक्षका वीचमा किन भिडन्त भएको थियो भन्ने कुरा अहिलेसम्म पनि अज्ञात नै रहेको समाचारमा जनाइएको छ। स क्षेत्रमा यसअघि पनि अन्तजातीय द्वन्द्व बेला बेलामा हुने गरेको थियो। विषेश गरेर गौला र रौङ्गा समूहका बीचमा भिडन्त हुने गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ