arrow

भारतमा कोभिड–१९ संक्रमितको संख्या ३७ हजार नाघ्यो र १ हजार २ सय १८ को मृत्यु

logo
एएनआई,
प्रकाशित २०७७ वैशाख २० शनिबार
corona-virus-India.jpg

नयाँ दिल्ली। भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३ सय ३६ पुगेको शनिबार जनाइएको छ।  कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय १८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको  छ।

गएको २४ घन्टायता भारतमा २ हजार २ सय ९३  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन। भारतभर गएको २४ घन्टायता संक्रमितको संख्या हालसम्मको नै सब भन्दा बढी भएको मन्त्रालयले जनाएको छ। यी संंक्रमितहरूमध्ये ९ हजार ९५१ जना भने उपचारपछि निको भएर फर्किएका छन्। मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २७ हजार ३८५ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन्।

भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँ मात्र संक्रमितहरूको संख्या ११ हजार ५०६ रहेको र ४८५ जनाले ज्यान  गुमाएका छन्। एक हजार ८७९ उपचारपछि फर्किएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ७२१ संक्रमित रहेका छन्। यस राज्यमा ७३५ जना उपचारपछि घर फर्किएका छन्।  गुजरातमा यस भाइरसको सक्रमणको कारण २३६ जनाको ज्यान गएको छ।

गुजरातपछि यस भाइरसको संक्रमण तेस्रो स्थानमा दिल्ली रहेको छ । भारतको अन्य कैयौ राज्यमा कोरोना भाइरसको संक्रमण रहेको छ। त्यसैकारण भारतमा पुनः लकडाउन थपिएको छ। कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछ भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ। भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि  तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको  छ।  भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो।

दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो। दोस्रो लकडाउन मे ३ मा सकिदै थियो। कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउनको घोषणा गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ