arrow

उत्तर कोरियाका सर्वोच्च नेता किम २० दिन पछि सार्वजनिक

logo
एएनआई,
प्रकाशित २०७७ वैशाख २० शनिबार
kim-recover-north-korea.jpg

सोल। उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक भएका छन्। स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहनु भएको हल्ला चरिरहेका बेला उनी शनिबार सार्वजनिक भएका हुन। दक्षिण कोरियाको राज्यद्धारा सञ्चालित योन्हाप समाचार संस्थाकाअनुसार उनी यसअघि गत अप्रिल ११ तारिखदेखि सार्वजनिक भएका थिएनन।

उनी दक्षिणी प्योङगान प्रान्तको सुन्चोनमा भएको एक कार्यक्रममा सहभागी भएका थिए। यो बीचमा दक्षिण कोरियाका अधिकारीहरुले किम गम्भीर विरामी भएको दाबी गरेको समाचारहरु पटक पटक सार्वजनिक भएका थिए। उनका आफ्ना हजुरबुवाको जम्मोत्सव समरोहमा उनको अनुपस्थितिलाई आधार मानेर उनलाई अस्वस्थ भएको दावी गरिएको थियो।

उन स्वास्थ्यको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पटक पटक प्रतिक्रिया दिदै चासो देखाएका थिए। उनले किम आफ्नो मित्र भएको र सम्वन्ध राम्रो हुदै गएको जानकारी पनि दिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ