arrow

पाकिस्तानको इमरान खान सरकार धमाधम आतंकवादीका नाम हटाउँदै

logo
एजेन्सी,
प्रकाशित २०७७ वैशाख २० शनिबार
pakistan-imran-khan.jpg

काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद (युएनएससी) ले खोज्न भनेका आतंकवादीहरुलाई पत्ता लगाउन नसक्ने बताएका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार इमरानको सरकारले आतंकवादीको सूचीबाट झण्डै चार हजार जनाको नाम समेत हटाइएको छ। साथै ती नामहरु युएनएससीको रेकर्डबाट समेत हटाउने प्रयास पाकिस्तानले गरेको थियो। 

युएनएससीको भ्रमण टोलीलाई इस्लामावादले आफूले कसैलाई पनि केही गर्न नसक्ने बताएको छ । युएन प्यानलले अपर्याप्त सूचना इस्लामावादलाई दिएको उसको भनाई छ । 

युएनएससीको १२६७ स्वीकृत सूचीमा १३० जना पाकिस्तानी छन् । इस्लामावादले लस्कर–ए–तोइबाका संस्थापक हाफिज सईदसंगै १९ जना भने पाकिस्तानमै रहेको स्वीकार गरेको छ। सन् २०१३ मै युएनएससीको सूचीबाट आतंकवादी मतिउर रहमान लगायत ६ जनाको नाम सारिसकिएको थियो । 

राष्ट्रसंघको विश्लेषणात्मक समर्थन एवं प्रतिवन्ध अनुगमन टोली गत मार्चमा पाकिस्तानको पाँच दिने भ्रमणमा लागि गएको थियो । उक्त समयमा आतंकवादीहरुको सही जन्ममिति, राष्ट्रियता, राष्ट्रिय परिचयपत्र नम्बर, राहदानी नम्बर र खास विशेष ठेगाना केही पनि नभएको बताइएको थियो । 

पाकिस्तानलाई ३८ सय जनाको नाम आतंकवादीको सूचीबाट हटाइएको बारेमा सोधिएको स्पष्टिकरणमा यही जवाफ दिएर पाकिस्तानले आफ्नो बचाउ गरेको थियो । 

यही सूचीबारे सन् २०१८ मा इस्लामावादले फाइनान्सियल एक्सन टाक्स फोर्सलाई पनि जानकारी दिएको थियो । एफएटीएफको रेकर्ड अनुसार आतंकवादीको लिष्ट ७ हजार ६ सय जनाको रेहेको थियो । 

तर यता आएर पाकिस्तानले आतंकवादीका नाम भने धमाधम हटाएको छ । सन् २०१८ को मार्च ९ देखि २७ को बीचमा १०६९ जना तथा मार्च २७ मा ८०० आतंकवादीको नाम हटाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ