arrow

किम सार्वजनिक भएको भोलिपल्ट चल्यो गोली

logo
एपी
प्रकाशित २०७७ वैशाख २१ आइतबार
north_korea1.jpg

सियोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन सार्वजनिक भएको भोलिपल्ट उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुबीच गोली हानाहान भएको छ ।

नेता किम जोन उन झण्डै २० दिनपछि सार्वजनिक भएको भोलिपल्ट यस्तो घटना भएको दक्षिण कोरियाली उच्च सैन्य अधिकारीले बताएका छन् । 

सर्वोच्च नेता उन अस्वस्थ रहेको भन्दै केही दिनदेखि हल्ला चलेको थियो भने दक्षिण कोरियाली अधिकारीहरुले हल्ला चलाएको बताइएको थियो । 

दुई कोरियालाई छुट्टयाउने असैनिक क्षेत्रमा उक्त घटना भएको हो । पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियाली सुरक्षापोस्टतर्फ लक्षित गरी  तीसौं राउन्ड गोली चलाएका थिए ।
 
जवाफमा दक्षिण कोरियाली सेनाले पनि दुई पटक गोली प्रहार गरेको उनीहरुको थियो । 

दक्षिण कोरियाको सेनाले निकालेको वक्तव्यमा गोली हानाहान भएपनि कुनै मानवीय क्षति भने नभएको उल्लेख गरिएको छ । 

दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए । बाहिर सम्बन्ध सुध्रिए जस्तो देखिए पनि यी दुई मुलुकका बीचमा अझै पनि धेरै विषयमा शत्रुतापूर्ण सम्बन्ध रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ