arrow

विश्वभर २ लाख ५८ हजारको मृत्यु, दक्षिण एसियामा यति

logo
प्रकाशित २०७७ वैशाख २४ बुधबार
corona-worldwide.jpg

एएफपी, जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३७ लाख ३० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ७८७ जनाको मृत्यु भएको छ । 

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृत्युदरमा सामान्य गिरावट आएको छ । विगत २४ घण्टामा इटालीमा २३६, स्पेनमा १८५, फ्रान्समा ३३० र बेलायतमा ६९३ जनाको ज्यान गएको छ । 

संयुक्तराज्य अमेरिकामा पछिल्ला २,३ दिनसम्म मृत्युदर केही कम रहे पनि विगत २४ घण्टामा एकाएक मृत्यु हुनेको संख्या बढेको छ । विगत २४ घण्टामा अमेरिकामा २ हजार ३५० जनाको ज्यान गएको छ । 

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति 

क्र.सं.    महादेश    कूल संक्रमित     निको भएका    कूल मृत्यु

     विश्वभर          ३७,३०,०२४    १२,४५,७२९    २,५८,३९५

१.    युरोप             १४,९४,५६४    ५,७१,६०३       १,४४,१३८
२.    उत्तर अमेरिका    १३,४८,७६२    २,४९,८०६     ७९,७०५
३.    एसिया           ५,८८,९९२     ३,१६,९३१      २०,४७६
४.    दक्षिण अमेरिका    २,३८,१९६      ८२,३७६        १२,०२३
५.    अफ्रिका          ५०,३२२         १६,९८४         १,९२०
६.    ओसेनिया(अस्ट्रेलिया)    ८,४६७    ७,३८४          ११८

    दक्षिण एसियाली मुलुकहरु            

१.    भारत              ४९,४३६    १४,१८३    १,६९५
२.    पाकिस्तान       २२,५५०    ६,२१७    ५२६
३.    बंगलादेश       १०,९२९    १,४०३    १८३
४.    अफगानिस्तान    ३,३९२    ४५८     १०४
५.    श्रीलंका          ७७१      २१३       ९
६.    माल्दिभ्स        ५७३      २०         २
७.    नेपाल            ८२        १६         –
८.    भुटान            ७         ५          –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ