arrow

गणितको शिक्षक जसले उठायो बन्दूक र बन्यो मोस्ट वान्टेड

logo
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
riyaj-nayaku.jpg

काठमाडौं । भारतको कश्मीरमा आतंकवादी संगठन हिजबुल मुजाहिदिनका शीर्ष कमाण्डर रियाज नायकू मारिएका छन् । 

दुई वर्षदेखि मोस्ट वान्टेडको सूचीमा रहेका ३५ वर्षे नायकूलाई सुरक्षाकर्मीले बुधबार मारेको हो । 

नायकूमाथि थुप्रै सुरक्षाकर्मीलाई मारेको र अपहरण गरेको आरोप थियो । 

आफ्नी बिरामी भएकी आमालाई भेट्न पुलवामाको गाउँ बेगपोरा पुगेका बेलामा सुराकी पाएको प्रहरीले नायकूलाई मार्न सफल भएको हो ।

सुरक्षाबलले नायकूको शवलाई परिवारका पाँच सदस्यहरुको सामुन्ने सोनमर्गको चिहानमा गाडिएको हो । जहाँ पछिल्ला दिनहरुमा आतंकवादीहरुलाई गाडिँदै आइएको छ । 

नायकू मारिएको खवर पाएपछि हजारौं स्थानीय सडकमा निस्केर ढुंगा हानाहान गरेका थिए । पुलिसले पछि उक्त भीडलाई नियन्त्रणमा लिएको छ । 

स्थिति बढ्न नदिन कश्मीरको घाटीमा मोबाइल इन्टरनेट र बीएसएनएलका साथै सबै फोनमा भ्वाइस कल बन्द गरिएको छ । 

नायकूबारे सूचना दिनेमाथि १२ लाख भारु को पुरस्कार राशी रहेको थियो ।

नायकूको पृष्ठभूमि 
नायकूको पृष्ठभूमि रोचक छ । नायकू चार वर्षअघि चर्चा आएका थिए । उनी सन् २०१६ मा आतंककारीको अन्त्येष्टिमा ए के ४७ बन्दूकबाट सलामी दिइरहेको अवस्थामा देखिएका थिए । सुरक्षाकर्मीले मोस्ट वान्टेड बरहान वानीलाई मारेको थियो । 

सन् २०१८ मा दक्षिणी कश्मीरमा उनले सुरक्षाकर्मीका परिवारलाई बन्धक बनाएका थिए । तबदेखि उनी मोस्ट वान्टेडको सूचीमा परे । 

२०१८ मै उनका बुबा असदुल्लाह नायकूलाई प्रहरीले हिरासमा लिएको थियो । त्यसको केही घण्टामै नायकूले सुरक्षाकर्मीका १२ परिवारलाई बन्धक बनाएका थिए । 

उनका बाबुलाई छाडेपछि सुरक्षाकर्मीका परिवारलाई पनि नायकूले छाडेका थिए । उनी कश्मीरमा सबैभन्दा बढी समयसम्म सक्रिय रहने आतंकवादी थिए । 

उनी गणितका शिक्षक थिए । कश्मीरको पुलवामा बस्ने नायकू सन् २०१० मा कश्मीरमा भएको हिंसात्मक घटनामा ढुंगा हानाहानमा सहभागी भएपछि प्रहरीले गिरफ्तार गरेको थियो । 

उक्त घटनामा टियरग्यास सेल लागेर एक बालकको मृत्यु भएको थियो । त्यो घटनापछि महिनौंसम्म कश्मीरमा ढुंगा हानाहान भयो । कर्फ्यु पनि लाग्यो । 

सन् २०१२ मा उनी जेलबाट छुटे र एक दिन आमा बुबासंग पैसा लिएर फरार भए । उनी आतंकवादी बने । 

सन् २०१६ मा बुरहान वानी मारिएपछि यासिन इत्तू उर्फ महमूद गजनवी हिजबुल कमान्डर भए । त्यति नै बेला नायकूले हावामा फायरिङ गरेका थिए । 

कश्मीरमा आतंकवादी कोही मारिनासाथ आतंकवादीका साथीहरुले हावामा फायरिङ गर्थे । नायकू पनि त्यहाँ देखिए । 

सन् २०१७ मा इत्तू मारिएपछि नायकू कमान्डर बने । सन् २०१७ मा नायकू घाटीका १२ शीर्ष आतंकवादीहरुको सूचीमा गनिए । 

नायकूले स्थानीयहरुमाथि हिंसा फैलाएका थिए । उनले त्यति नै बेला भिडियो सन्देश दिँदै त्यहाँका पीडित जनताका दुस्मनलाई मार्ने बताएका थिए । 

आफ्ना नजिकका बाहेकलाई के गर्दैछु भनेर उनी भन्दैनथे । तर आमालाई भेट्न आएकै बेलामा उनी इन्काउन्टरमा परे । 

सुरक्षाबलले उनकी प्रेमिकालाई ट्रयाक गरेर गएका थिए । एक पटक उनले प्रेमिकालाई ‘तिमीले मलाई चिनारको रुखको याद दिलाउँछ्यौ ।’ यही सन्देशबाट सुरक्षाबलले ट्रयाक सुरु गरेको थियो । 

त्यसपछि निरन्तर सुरक्षाबलले इन्काउन्टर गर्न खोज्यो । तर भागे । उनले सामाजिक संजालमा अडियो र भिडियो सार्वजनिक गर्दै आउँथे ।

सन् २०१८ र १९ मा पनि पटक पटक उनी घेराबन्दीमा परेर भागेका थिए । अन्ततः बन्दूक उठाउने एक गणितको शिक्षकले बन्दूककै गोली खाएर बुधबार मर्नुपरेको छ । सम्भवतः गणितको क्याल्कुलेशन उनका लागि गलत भयो । 

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ