arrow

‘विश्व कोरोनासंग लड्दा इमरान सरकार आतंक र झुठा समाचार फैलाउनमा व्यस्त’

logo
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
imran-khan2.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इमरान खान नेतृत्वको पाकिस्तान सरकार कोरोना भाइरसभन्दा पनि खतरनाक भाइरस फैलाइरहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय समुदायको गैरगठबन्धन आन्दोलन एनएएमको शिखर सम्मेलनमा बोल्ने क्रममा मोदीले पाकिस्तानको नाम सीधै नलिए पनि संकेत गर्दै विश्व कोरोना भाइरसविरुद्ध लडिरहँदा केही मानिसहरु अरुलाई खतरनाक भाइरस जस्तै आतंकवाद र गलत समाचार फैलाउन ब्यक्त रहेको बताएका हुन् । 

मोदीले आफू केवल सकारात्मकतामा मात्र ध्यान दिन चाहेको बताए । यसैबीच एनएएमको शिखर सम्मेलनमा कश्मीरी मुद्दामा पाकिस्तानले गरेको कूप्रचारका बारेमा पनि जानकार रहेको निष्कर्ष निकालियो । 

उक्त सम्मेलनमा भारतको यस विषयको जवाफ पनि जानकारीमा रहेको बताइयो । कोभिड १९ का विषयमा छलफल गर्न उक्त शिखर सम्मेलन बोलाइएको थियो ।

उक्त शिखर आन्दोलनका वर्तमान अध्यक्ष अजरबैजानका राष्ट्रपति इल्हाल अलिएभ रहेका छन् ।

मोदी पहिलो पटक उक्त शिखर सम्मेलनमा सहभागी भएका हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ