इस्लामिक स्टेट समूहसँग आबद्ध सात जना आतंककारी फरार
एएनआई,
प्रकाशित २०७७ जेठ ५ सोमबार
491
Shares
दमास्कस। इस्लामिक स्टेट समूहसँग आबद्ध सात जना आतंककारी उत्तरपूर्वी सिरियाको कुर्दिस बहुल क्षेत्रस्थित एक कारागारबाट फरार भएका छन्। साना समाचार समितिका अनुसार यी कैदीहरु अल–हावाल नगरमा रहेको कारागारबाट फरार भएका हुन्। कुर्दिस सिरियाली डेमोक्रेटिक फोर्सले फरार कैदीको खोजी थालेको छ।
अर्को कुर्दिस नगर अल–सिनाबाट पनि मार्च महिनाको अन्त्यतिर तल्लो तहका इस्लामिक स्टेटका लडाकूहरु फरार भएको बताइएको छ।