ब्रसिलिया। ब्रजिलमा बितेको २४ घण्टाभित्र ११ हजारभन्दा बढी नयाँ कोरोनाभाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन्। योसहित ब्राजिलमा कूल संक्रमितको संख्या तीन लाख ७६ हजार ६६९ पुगेको छ।
ब्रजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित ब्रजिलमा कोरोनाभाइरसबाट संक्रमण भएर मृत्यु हुनेको संख्या २३ हजार ५ सय २२ पुगेको छ। दक्षिण अमेरिकी मुलुकहरुमध्ये ब्राजिलमा सबैभन्दा बढी मानिसको संक्रमणबाट निधन भइसकेको छ।
विश्वमै संयुक्तराज्य अमेरिकापछि कोरोनाभाइरसबाट सर्बाधिक प्रभावित दोस्रो मुलुक ब्रजिल हो। अमेरिकामा कूल संक्रमितको संख्या १७ लाख नाघिसकेको छ।