arrow

कोरोनाका संक्रमित थपिएपछि कोरियामा विद्यालय फेरि बन्द

logo
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
corona-korean-president.jpg

काठमाडौं । कोरोना भाइरसका संक्रमित देखिएपछि दक्षिण कोरियामा फेरि विद्यालयहरु बन्द भएका छन् । 

बीबीसीले लेखे अनुसार कोरोनाका संक्रमित बढेसंगै विद्यालयहरु वाध्य भएर बन्द भएका हुन् । 

बिहीबार दुई महिनाको अवधिमा पहिलो पटक सबैभन्दा बढी ७९ जना कोरोनाका नयाँ संक्रमित देखिएका थिए । 

शुक्रबार पनि ५८ जना नयाँ संक्रमित देखिइसकेका छन् । कोरियामा सुरुआतमा तीव्र गतिमा संक्रमित देखिए पनि उसले अपनाएको नियन्त्रणको बलियो संयन्त्रका कारण अहिलेसम्म ११ हजार ४०२ जनामा मात्र संक्रमण देखिएको छ । 

२६९ जनाको मृत्यु भएको छ । पछिल्लो पटक संक्रमित बढेपछि दुई सय भन्दा बढी विद्यालयहरुलाई बन्द गरेर अनलाइनमार्फत कक्षा लिन स्वीकृति दिइएको छ । 

सबैभन्दा बढी प्रभावित विद्यालयहरु राजधानी सियोलभन्दा बाहिरका विद्यालयहरु हुन् । 



लोकप्रिय समाचार
नयाँ