काठमाडौं। आफ्नो अस्तित्वमा आएदेखि नै पाकिस्तानले भारतको विरोध गर्दै आएको छ। यतिसम्म कि पाकिस्तानले अब भाडामा भारतविरोधी अभियान चलाइरहेको खुलासा भारतीय मिडियाले गरेका छन्। हालै संयुक्त राष्ट्रसंघमा भएको इस्लामिक संस्थाहरुको सम्मेलन ओआइसीमा भारत विरोधी अभियान संचालन भएको दावी गरिएको छ।
इन्डिया टाइम्सले लेखे अनुसार उक्त सम्मलेनमा माल्दिभ्सले भने विरोध गरेको थियो । माल्दिभ्सले उक्त बैठकमा भारतविरुद्ध पाकिस्तानले चालेको कदमको विरोध गरेको थियो।
माल्दिभ्सले इस्लामोफोबियालाई बढावा दिनका लागि भारतलाई एक्लो पार्नु गलत भएको भनी ठोकुवा गरेको थियो। पाकिस्तानले यस मुद्दालाई अगाडि बढाउनेबारे भारतलाई समेत सचेत गराइएको थियो।
युएई र साउदी अरेबियालाई समेत पाकिस्तानले भारत विरोधी अभियानमा प्रयोग गर्न खोजेको इण्डिया टाइम्सले लेखेको छ । तर माल्दिभ्सको अडानमा साउदी र युएई रहेका थिए। माल्दिभ्सले दिल्ली र रियाद तथा अबुधाबीको सम्बन्ध सम्झाएन मात्र कि ओमानलाई पनि सचेत गराएको थियो।
ओआइसी राष्ट्रहरुबीच भारतको राम्रो सम्बन्ध भए पनि त्यसलाई तोड्ने प्रयासमा पाकिस्तान लागेको इण्डिया टाइम्सको दावी छ। उसले धर्मलाई जोडेर भारतविरोधी अभियान चलाउने प्रयास गरेको थियो।
केही महिना अघिसम्म पाकिस्तानलाई समर्थन गर्ने मलेसियाले पनि यसपटक पाकिस्तानलाई समर्थन गरेन। गत मे १९ तारिखमा भएको भर्चुअल बैठकमा ओआइसी सदस्य राष्ट्रहरुको स्थायी प्रतिनिधिहरुको अध्यक्षता युएईले गरेको थियो।