arrow

लकडाउन : २२ लाखभन्दा बढी मुल्यको मदिरासहित ट्रक पक्राउ

logo
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
madira.PNG

निरंजन कुमार साह, धनुषा । धनुषा प्रहरीले २२ लाख भन्दा बढी को दिलवाला मदिरा र एक ट्रक पक्राउ गरेको छ। विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरसको माहामारीको कारण देशमा लकडाउन रहेको तथा नेपाल सरकारले मदिरा जन्य पदार्थको ओसार पसार तथा विक्री बितरणमा प्रतिबन्ध समेत लगाएको अवस्था छ।

तर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ माछा बजार स्थित नेपाल सरकारबाट जारी भएको आदेशको अवज्ञा गरी लकडाउनको उल्घन गरी ना. २ ख. ८२७९ नम्बर को ट्रकमा अबैध रुपमा मदिरा लोड गरी ल्याई गोदाममा राख्दै गरेको भन्ने सुचना प्राप्त हुन साथ धनुषा प्रहरीले पक्राउ गरेको हो ।

तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी अधिकृतको टोली खटि गई खोज तलाश गर्दै जाने क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित माछा बजार नजिकबाटोमा ना. २ ख. ८२७९ नं. को मदिरा लोड रहेको ट्रक पार्किङ गरी राखि सो ट्रकबाट मदिराहरु नजिकै रहेको गोदाममा राखि रहेको अवस्थामा फेला पारिएको हो ।

 ना. २ ख. ८२७९ नं. को ट्रकबाट दिलबाला मदिरा १३२२ कार्टुन, हाईलाईण्डर मदिरा ९ कार्टुन,गोल्डेण सहारा मदिरा २३ कार्टुन , व्लु रागर मदिरा ९ कार्टुन प्रहरीले पक्राउ गरेको छ। सो मदिरा र गाडी को मुल्य करिब २२ लाख २२ हजार रहेको जिल्ला प्रहरी कार्यालय धनुषा ले जानकारी दिए ।

त्यो गोदामबाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ३६ वर्षीय उमेश मण्डलाई धनुषा प्रहरी नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा पठाईएका छन।

दिलबाला मदिरा १३२२ कार्टून को मुल्य रु.११ लाख ५० हजार ,हाईलाईण्डर मदिरा ९कार्टुन को मुल्य रु. ३० हजार , गोल्डेण सहारा मदिरा २३ कार्टुन को मुल्य रू. ३२ हजार ,  व्लु रागर मदिरा ९ कार्टुनको मुल्य रू. दस हजार र ट्रक को १० लाख मुल्य रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ