- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रजौरी (जम्मु एण्ड काश्मिर)। पाकिस्तानका तीन जना तालिमप्राप्त आतंकवादी जम्मु काश्मिरको सीमा क्षेत्रमा मारिएका भारतीय सेनाले जनाएको छ। भारतीय सेनाले गरेको आतंककारी विरोधी कारबाहीका क्रममा भारत र पाकिस्तानी सीमा क्षेत्र लाइन अफ कन्ट्रोलको नसुअरा क्षेत्रमा ती आतंककारी मारिएका भारतीय सेनाले सोमबार जानकारी दिएको हो।
भारतीय सेनाले मे २८ देखि सो क्षेत्रमा ठूलो सैन्य संख्याका साथ कारबाही गर्दै आएको छ। सोही कारबाहीकाक्रममा सोमबार शक्तिशाली हतियार बोकि हिँडेका ती आतंककारी मारिएका हुन्।
त्यस क्षेत्रमा भारतीय सेनाले घुसपैठ भइ आउने आतंककारीहरुको खोजी अभियानलाई जारी राख्ने पनि जनाएको छ।