सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत
एएफपी,
प्रकाशित २०७७ जेठ २२ बिहिबार
305
Shares
फ्र्याङ्कफर्ट। यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन्। कोरोनाभाइरस महामारीको आर्थिक प्रभावलाई ध्यानमा राख्दै गरिएको ताजा पूर्वानुमानमा उनले यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत कायम रहने बताएका हुन्। सन् २०२१ मा मूल्य वृद्धि ०.८ प्रतिशतले हुने र सन् २०२२ मा १.३ प्रतिशत पुग्ने प्रक्षेपण ईसीबीले गरेको छ।
ईसीबीले यस पहिले (कोभिड–१९ को महामारीपूर्व) सन् २०२२ का लागि २.० प्रतिशतको लक्ष्य निर्धारण गरेको थियो। बिहीबारको प्रक्षेपण मार्चमा गरिएको प्रक्षेपणको तुलनामा निकै कम हो। मार्चमा ईसीबीले यस वर्षका लागि १.१, सन् २०२१ का लागि १.४ र सन् २०२२ का लागि १.६ प्रतिशत मुद्रास्फीति हुने अनुमान सार्वजनिक गरेको थियो।
“आर्थिक वर्षको मध्यम अवधिमा कमजोर मागका कारण मुद्रास्फीतिमा गिरावट आउनेछ,” लगार्डले भने।