अलकायदाको प्रमुख मारिएको फ्रान्सेली रक्षामन्त्रीको जानकारी
एएनआई,
प्रकाशित २०७७ जेठ २४ शनिबार
459
Shares
पेरिस। फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले आतंककारी संगठन अल कायदाको मालीका प्रमुखको फ्रान्सेली सैनिकको कारबाहीमा परी मृत्यु भएको जानकारी दिएका छन्। रक्षामन्त्री पार्लीले फ्रान्सेली सैनिकको कारबाहीमा परी अल कायदाको मालीका प्रमुख अब्लेलमार्क ड्रकदेलको ज्यान गएको शनिबार जानकारी दिएका हुन्।
शुक्रबार आफ्नो ट्वीटर पेजमा उनले सो कुराको जानकारी दिएको पेरिसबाट प्राप्त भएको समाचारमा जनाइएको छ। मालीमा एक्युएमआई नामक आतंककारी संगठन चलाएको र सो संगठन अलकायदासँग आबद्ध रहेको जानकारी उनले दिएका छन्।
मालीमा सो संगठनले सन् २०१२ देखि नै आतंक मच्चाइ आएको छ। त्यस वर्ष मालीको उत्तरी भूभाग सो संगठनले कब्जा गरेको थियो। पछि उक्त भूभाग फ्रान्सेली सेनाले फिर्ता ल्याएको थियो।
उक्त आतंककारी संगठनले सन् २००७ देखि उत्तरी अफ्रिका र साहेलमा पनि सशस्त्र लडाकूहरुमार्फत हिंसात्मक आक्रमण गरी आतंक मच्चाउने गरेको पनि बताइएको छ।