arrow

चीनको स्वास्थ्यकर्मी सहयोगको चर्चा र भूराजनीति

logo
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
nepal-china-flag.jpeg

काठमाडौं । कोविड–१९ संसारमा सबै देशहरू र उनीहरूका जनता, राजनीतिज्ञहरू, वैज्ञानिकहरू सबैका लागि चुनौतीको विषय भएको छ । सबैभन्दा महत्त्वपूर्ण तिनीहरूका चिकित्सकहरू र चिकित्सा स्रोतहरूको लागि चुनौती देखिएको छ । 

यो समयमा कुन राष्ट्रले आफ्ना नागरिकको जीवन रक्षाका लागि कसरी काम गरिरहेको र नेतृत्व गरिरहेको छ सबैको चासोको विषय हो। कुनै राष्ट्रको वास्तविक क्षमता विशेष रूपमा आफ्नो जनताको रक्षा गर्न चुनौतीहरूसँगै देखा पर्दछ। उसले बफ्ना नागरिकलाई साथमा लिएर कसरी समस्याको सामना गर्छ त्यसमा धेरै कुरा निर्भर गर्छ। 

धेरैजसो देशहरूले उत्साहका साथ आफैंले यस चुनौतीको सामना गर्ने निर्णय गरेका छन्। कतिपयले त्यसलाई सफलतापूर्वक पराजित गरिसकेका पनि छन्। बाह्य सहयोगमा निर्भर नभएका उनीहरूको लागि यो कुरा सम्भव हुनु स्वभाविक हो।

तर नेपालमा अवस्था फरक देखिन्छ। कोरोना संक्रमित थपिदै जादा ५ हजारको हाराहारीमा पुग्न लागेको छ। यो अवस्थामा संकटको सामना गर्न चिनियाँ सेनाका स्वास्थ्यकर्मीहरू ल्याउने कुरा पनि प्रकाशमा आएको छ। 

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागले यस बारेमा नेपाल सरकार र नेकपासँग कुरा मिलाएको छ। यद्यपि यो कुरा मिडियामा सार्वजनिक भएपछि चीन र नेपाल सरकार दुबै रक्षात्मक भएको बताइँदैछ। 

कोरोना महामारी विस्तार हुँदै जाँदा कतिपय अधिकारसमेत कुण्ठित हुने गरी सरकार स्वास्थ्य संकटकाल लगाउने समेत तयारीमा छ।

यो चुनौतीको सामना गर्न छिमेक किसिमको आत्मविश्वास देखिनुपर्ने थियो त्यो आत्मविश्वास र क्षमताको कमी सरकारले देखाउन थालेको छ। 

त्यसकारण पनि सरकार उपचारमा विदेशी स्वास्थ्यकर्मी ल्याउने कुरा गरिरहेको छ। सरकारलाई यस बारेमा संसदमै प्रश्नसमेत गरिएको छ। जवाफमा सरकारका एक मन्त्रीले कुनै पनि देशबाट स्वास्थ्यकर्मी ल्याउने योजना नभएको बताए। 

तर नेपाली चिकित्सा क्षेत्र पनि अहिले विदेशी स्वास्थ्यकर्मी ल्याउनुपर्ने अवस्था नभएको बताउँछन् । एक कमजोर राजनीतिक नेतृत्व भएको राष्ट्रले वास्तवमा असुरक्षित महसुस गर्छ भन्ने कुरा उसले लिएका निर्णयबाट पनि देखिन्छ।

सरकारले गरेका अनियमितता र भ्रष्टाचारको बारेमा प्रश्न गर्न सडकमा उत्रिएका नागरिकसँग आत्तिएको सरकारले कानुनी डण्डा देखायो। 

सडकमै कुटपिट गर्न नपुगेर गृह मन्त्रालयबाट थर्काउने वक्तव्य निकाल्यो। घरेलु मोर्चामा सबैलाई समेटन् नसकेकपछि र सबैको विश्वास जित्न नसकेपछि कमजोर देखिएको सरकार अहिले उपचारका लागि पनि विदेशी स्वास्थ्यकर्मी ल्याउने गोप्य तयारीमा रहनुलाई आफैमाथिको सम्पूर्ण अविश्वासका रुपमा लिइएको छ।

भूराजनीतिक माखेसाङलोमा अल्मलिने अवस्थामा पुग्दै गएको नेपाललाई यसबाट बाहिर निकाल्न धेरै नै सुझवुझको आवश्यकता देखिन्छ। छिमेकीहरुलाई समदुरीमा राख्ने हाम्रो प्राथमिकता हुनुपर्छ। 

एकातिर ढल्किएर पक्षधरता लिने वित्तिकै त्यसको दुरगामी असर हाम्रो भूराजनीतिमा पर्नसक्छ । यस्तो बेलामा राष्ट्रसंघीय वा वहुदेशीय संस्थाहरुको सहयोग महत्वपूर्ण हुनसक्छ ।

एमसीसीका कारण अमेरिकासँग र सीमाका कारण भारतसँग तानातानी भइरहँदा चीनको स्वास्थ्य सहयोग हामीलाई कर्नरमा पार्ने कारक पनि बन्न सक्छ। 

त्यसैले यो बेला अन्य देशको रणनीतिमा नफसी आफ्नो हित हेरेर कदम चाल्नु उपयुक्त हुन्छ। यो समय कसैको पक्षधरता नभइ तटस्थता नै हाम्रो लागि हितकर देखिन्छ। नत्र साँढेको जुधाई बाच्छाको मिचाई हुन बेर लाग्नेछैन। यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।  

हाम्रा व्यवसायीक डाक्टरहरूलाई बाहिरी संसारले पनि नियालिरहेको छ। प्रधानमन्त्री ओली स्वयंले भनेका थिए कि नेपालमा राम्रो चिकित्सक छन् । कोरोनाको यो समयमा ओलीले नेपालमै मृगौलासमेत प्रत्यारोपण गराए । 

अब भने आम नागरिकमा ओलीले आफ्नो भनाई गलत साबित गरे भन्ने नपार्नु नै उनको र राष्ट्र हितमा देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ