arrow

जर्मनीको मन्त्रिपरिषदद्वारा थप आर्थिक प्याकेजको घोषणा

logo
एपी,
प्रकाशित २०७७ असार ३ बुधबार
germany-flag.jpg

बर्लिन। जर्मनीको मन्त्रिपरिषदको बुधबारको बैठकले करिब ७१ अर्ब डलरको नयाँ थप आर्थिक प्याकेजलाई स्वीकृत गरेको छ । यो रकम सरकारले ऋणको रुपमा उठाउनेछ । 

कोरोनाभाइरस संकटबाट उत्पन्न आर्थिक समस्या सुल्झाउन सरकारले यो सहित कूल २ खर्ब ४६ अर्ब डलर ऋण लिनेछ । 

उपभोक्ताको क्रयशक्ति बढाउन सरकारले यसअघि मूल्य अभिवृद्धि करको दरलाई १९ प्रतिशतबाट घटाएर १६ प्रतिशत बनाएको थियो । यसबाट सरकारलाई १ खर्ब ३० अर्ब युरो नोक्सान भएको थियो । 

सरकारको उक्त योजनालाई संसदले अनुमोदन गर्नु पर्नेछ । 

युरोपेली मुलुकहरुमा जर्मनीको अर्थतन्त्र सबैभन्दा ठूलो छ । जर्मनीको पहिलो चौमासिक अवधिमा अर्थतन्त्र मन्दीमा गएको थियो । कोरोनाभाइरसका कारण निकै कडिकडाउ गरिएको जर्मनीको जनजीवन गत अप्रिलको अन्त्यदेखि निकै खुकुलो बनाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ