arrow

कोरोना भाइरस संक्रमण र मृत्युमा अमेरिका–ब्रजिल अघिपछि, बेलायतमा नाघे तीन लाख संक्रमित

logo
प्रकाशित २०७७ असार ५ शुक्रबार
Untitled-148.jpg

काठमाडौं । कोरोना भाइरसबाट संक्रमण–मृत्युमा अमेरिका–ब्रजिल अघिपछि रहेका छन् । दुवै राष्ट्र सबैभन्दा बढी प्रभावित हुन् । 

अमेरिका–ब्रजिलमा कुनै दिन अमेरिकाले र कुनै दिन ब्रजिलले संक्रमणमा उछिन्ने गरेको छ । मृत्युमा भने पछिल्ला केही समयदेखि ब्रजिल अगाडि रहँदै आएको छ । 

अमेरिकामा नयाँ २७ हजार ९२४ संक्रमित थपिएका छन् । कुलमा २२ लाख ६३ हजार ६५१ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ७४७ जना मृतक थपिएर अमेरिकामा मृतकको संख्या १ लाख २० हजार ६८८ जना पुगेका छन् । 

दोस्रो स्थानको ब्रजिलमा पछिल्लो २४ घण्टामा २३ हजार ५० जना संक्रमित थपिएका छन् । कुल संक्रमित ९लाख ८३ हजार ३५९ पुगेका छन् । मृतक पछिल्लो २४ घण्टामा सबैभन्दा बढी १ हजार २०४ जना थपिएका छन् । त्यहाँ कुल ४७ हजार ८६९ पुगेका छन् । यो दोस्रो उच्च संख्या हो । 

रुस तेस्रोमा छ । रुसमा पछिल्लो २४ घण्टामा ७ हजार ७९० संक्रमित थपिएर ५ लाख ६१ हजार ९१ पुगेका छन् । मृतक १८२ थपिएर ७ हजार ६६० पुगेका छन् । 

भारत चौथोमा छ । भारतमा एकैदिन कोरोना भाइरसबाट अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा १३ हजार ८२६ जना संक्रमित थपिएका छन् । योसंगै कोरोना संक्रमितको संख्या भारतमा ३ लाख ८१ हजार ९१ पुगेको छ । बिहीबार ३४२ जनाको ज्यान गएको छ । भारतमा मृतकको संख्या १२ हजार ६०४ पुगेको छ । 

पाँचौं स्थानमा बेलायत रहेको छ । बेलायतमा संक्रमित ३ लाख नाघेका छन् । पछिल्लो २४ घण्टमा १ हजार २१८ संक्रमित थपिएका छन् । मृतक १३५ थपिएर ४२ हजार २८८ पुगेका छन् । 

मृत्युमा बेलायत तेस्रो स्थानमा रहेको छ । छैटौं स्थानमा स्पेन छ । जहाँ पछिल्ला केही दिनदेखि मृत्यु भएको छैन । संक्रमित ५८५ थपिएर २ लाख ९२ हजार ३४८ पुगेका छन् । मृतकको संख्या २७ हजार १३६ रहेको छ । 

बेलायतले गम्भीर बिरामीका लागि औषधि समेत ल्याएको छ । त्यो औषधिले गम्भीर ५ मध्ये एक जनालाई बचाउन सकिने दावी पनि गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ